७ पुस २०८२, सोमबार | December 22, 2025

व्याडमिण्टन प्रतियोगिता, नेपाल र ढुङ्गानाको जोडी प्रथम



बुटवल । रुपन्देही व्यापार संघले २५ वर्ष प्रवेशका अवसरमा आइतवार बुटवलमा संघमा गठित बस्तुगत उपसमितिबिच मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गल्ला वस्तनुगत उपसमितिका विश्वास नेपाल र मनोज ढुङ्गानाको जोडी प्रथम भएको छ ।

प्रतियोगितामा युवा उद्यमी उपसमितिको जोडी टिकाराम न्यौपाने र विरेन्द्र केसीलाई फाइनलमा पराजिवत गर्दै नेपाल र ढुङ्गानाको जोडी पहिलो भएको हो ।

यसैगरि जुत्त चप्पल र व्याग उपसमितिको जोडी सनम थापा र कृष्णबहादुर राना तथा किरण राना र सुरज खनाल तेस्रो भएका छन् ।

संघले आफुनो रजत महोत्वसका अवसरमा सञ्चालन गरेको साता व्यापी कार्यक्रम अन्तरत आयोजित प्रतियोगितामा विभिन्न उपसमितिका २० जोडी सहभागी रहेका थिए । हार्डवेयर र जत्ताचप्पल वस्तुगत उपसमितिको सहकार्यमा भएको प्रतियोगिता बुटवल व्याडमिण्टन क्लबको कर्वडहलमा आयोजना गरिएको थियो भने मुख्य रेफ्रीको भूमिका अर्जुन कार्कीले निभाएका थिए ।

प्रतियोगिताको उद्दघाटन संघका पूर्व अध्यक्ष यमलाल लोहनीले गरेका हुन । उद्दघाटनसत्रको अध्यक्षता संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले गरेका थिए भने सञ्चालन महासचिव फर्सुराम पन्थ तथा स्वागत कार्यक्रम हकार्डवयर वस्तुगत समितिका संयोजक पारशमणी पोखरेलले गरेका थिए ।

संघले रजत महोत्सवका अवसरमा कार्तिक २२ गतेबाट साता व्यापी कार्यक्रम सञ्चालन गर्दै आएको छ । साता व्यापी कार्यक्रम अनुसार कार्तिक २६ गते रक्तदान कार्यक्रमको आयोजना गरिदैछ । संघको भवनमा आयोजना हुने रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्रको सहयोगमा गरिने कार्यक्रम संयोजक प्रकाश ढकालले बताए । कार्तिक २७ गते लुम्बिनी प्रादेशिक अस्पतालका विरामीलाई फलफूल वितरण तथा प्रभातफेरी कार्यक्रम गरिने जनाइएको छ । सोही दिन रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठी आयोजना गरिदैछ ।

रजत महोत्सव अन्तरगतको मुल कार्यक्रम कार्तिक २८ गते मंगलबार अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिने अध्यक्ष दिपकप्रसाद अधिकारीले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ६ : ३३ बजे

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले