२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

व्याडमिण्टन प्रतियोगिता, नेपाल र ढुङ्गानाको जोडी प्रथम



बुटवल । रुपन्देही व्यापार संघले २५ वर्ष प्रवेशका अवसरमा आइतवार बुटवलमा संघमा गठित बस्तुगत उपसमितिबिच मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गल्ला वस्तनुगत उपसमितिका विश्वास नेपाल र मनोज ढुङ्गानाको जोडी प्रथम भएको छ ।

प्रतियोगितामा युवा उद्यमी उपसमितिको जोडी टिकाराम न्यौपाने र विरेन्द्र केसीलाई फाइनलमा पराजिवत गर्दै नेपाल र ढुङ्गानाको जोडी पहिलो भएको हो ।

यसैगरि जुत्त चप्पल र व्याग उपसमितिको जोडी सनम थापा र कृष्णबहादुर राना तथा किरण राना र सुरज खनाल तेस्रो भएका छन् ।

संघले आफुनो रजत महोत्वसका अवसरमा सञ्चालन गरेको साता व्यापी कार्यक्रम अन्तरत आयोजित प्रतियोगितामा विभिन्न उपसमितिका २० जोडी सहभागी रहेका थिए । हार्डवेयर र जत्ताचप्पल वस्तुगत उपसमितिको सहकार्यमा भएको प्रतियोगिता बुटवल व्याडमिण्टन क्लबको कर्वडहलमा आयोजना गरिएको थियो भने मुख्य रेफ्रीको भूमिका अर्जुन कार्कीले निभाएका थिए ।

प्रतियोगिताको उद्दघाटन संघका पूर्व अध्यक्ष यमलाल लोहनीले गरेका हुन । उद्दघाटनसत्रको अध्यक्षता संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले गरेका थिए भने सञ्चालन महासचिव फर्सुराम पन्थ तथा स्वागत कार्यक्रम हकार्डवयर वस्तुगत समितिका संयोजक पारशमणी पोखरेलले गरेका थिए ।

संघले रजत महोत्सवका अवसरमा कार्तिक २२ गतेबाट साता व्यापी कार्यक्रम सञ्चालन गर्दै आएको छ । साता व्यापी कार्यक्रम अनुसार कार्तिक २६ गते रक्तदान कार्यक्रमको आयोजना गरिदैछ । संघको भवनमा आयोजना हुने रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्रको सहयोगमा गरिने कार्यक्रम संयोजक प्रकाश ढकालले बताए । कार्तिक २७ गते लुम्बिनी प्रादेशिक अस्पतालका विरामीलाई फलफूल वितरण तथा प्रभातफेरी कार्यक्रम गरिने जनाइएको छ । सोही दिन रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठी आयोजना गरिदैछ ।

रजत महोत्सव अन्तरगतको मुल कार्यक्रम कार्तिक २८ गते मंगलबार अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिने अध्यक्ष दिपकप्रसाद अधिकारीले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ६ : ३३ बजे

“ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्छ “

काठमाडौं । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी

प्रधानमन्त्रीको नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्क्याउने युवक पक्राउ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नाम दुरुपयोग गर्दै सरकारी कर्मचारीलाई

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा

कुशल भुर्तेलको शतकमा नेपालद्वारा अमेरिका ९ विकेटले पराजित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शानदार शतकीय इनिङको मद्दतमा नेपालले