१५ असार २०८३, सोमबार | June 29, 2026

वैकुण्ठधाम आध्यात्मिक महोत्सव : घटाइयो शिलालेखको रकम, ११ हजारमा शिलालेखमा नाम लेखिने



नेपालगन्ज । नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा दान गर्ने दाताहरुले ११ हजार दान गरेर वैकुण्ठधाम सिधनियाघाटको शिलालेखमा नाम लेखाउन सक्ने भएकाछन् । यस अघि महोत्सवको आयोजकले २५ हजारदेखि माथिको रकम दान गर्ने दाताको नाम शिलालेखमा लेखिने निर्णय गरेपनि त्यसलाई संशोधन गरेर ११ हजारमाथि दान गर्ने दाताको नाम शिलालेखमा लेख्ने निर्णय भएको हो ।

वैकुण्ठधाम सचिवालयको आइतबार बसेको बैठकको निर्णय अनुसार शिलालेखमा नाम लेखाउन ११ हजार निर्धारण गरिएको वैकुण्ठधाम सिधनियाघाटका महासचिव श्रीराम सिग्देलले जानकारी दिए । वैकुण्ठधाम निर्माणमा धेरै भन्दा धेरै जनसभागिता जुटाउन शिलालेखमा दर्ज हुने दानको परिमाण घटायएको उनले बताए । उनले यस अघि ११ हजार भन्दा कम दान दिने दाताहरुले पनि रकम थपेर पशलालेखमा नाम लेखाउन सक्ने जानकारी दिए ।

बाँके र यस आसवासमा व्यवस्थित दाहसंस्कार स्थल नहुँदा आफन्तको मृत्यु भएर शोकमा परेका स्थानीयबासीले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै राप्ती तटको सिधनियाघाटमा अत्याधुनिक दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने उद्देश्यले हाल नेपालगन्जमा वैकुण्ठधाम आध्यात्मिक महोत्सव जारी रहेको छ । वाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलको प्रमुख वाचनमा जारी महायज्ञमा हाल सम्म १ करोड बढी दान संकलन भइसकेको आर्थिक संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष श्रेष्ठले बताए । उनले वैकुण्ठधाम निर्माणका लागि दान गर्न चाहनेहरुका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको बताए ।

महोत्सव अवधिको हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ८ बजेबाट १० बजेसम्म पूजाअर्चना र पाठपारायण, १ बजेदेखि झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, त्यसलगत्तै आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा। सुरेश कुमार कानोडियाले जानकारी दिए ।

महोत्सवमा इच्छुक श्रद्धालु भक्तजनबाट ब्रतबन्ध, लाखबत्ती प्रज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्ने व्यवस्था मिलाइएको मुल समितिका महासचिव श्रीराम सिग्देलले बताए ।

महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरउन्नती गर्दै विद्युतिय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक कानोडियाले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ८ : ४१ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै