७ आश्विन २०८३, बुधबार | September 23, 2026

माओवादीले बोलायो केन्द्रीय समिति बैठक, उपनिर्वाचनमा तालमेल नगर्ने



काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ ।

सोमबार बिहान अध्यक्ष प्रचण्ड निवासमा बसेको पार्टी पदाधिकारी बैठकले आगामी पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो।

केन्द्रीय समिति बैठक अघि मंसिर मसान्तसम्म पालिकाहरुको सम्मेलन गर्ने निर्णय पनि बैठकले गरेको छ । मंसिर मसान्तमा पालिका सम्मेलनसँगै खबरदारी सभा गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

सापकोटाले स्थानीय तहको उपनिर्वाचनमा अन्य दलसँग केन्द्रीय तालमेल नगर्ने निर्णय भएको पनि जनाए । तर स्थानीयस्तरमा विपक्षी मोर्चामा रहेका दलहरुसँग तालमेल गर्न सकिने ढोका खुलै रहेको उनले बताए । मंसिर १६ गते स्थानीय तहका ४४ वटा पदमा उपनिर्वाचन हुँदैछ ।

बैठकले उपनिर्वाचनका लागि पार्टीको तल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ११ : २८ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि