१५ माघ २०८२, बिहिबार | January 29, 2026

रुपन्देही व्यापार संघको रजत महोत्सवमा रक्तदान, १२५ युनिट रगत संकलन



बुटवल । रुपन्देही व्यापार संघले २५ वर्ष प्रवेशका अवसरमा सोमवार बुटवलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संघको सचिवालयमा आयोजित कार्यक्रममा १२५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक प्रकाश पौडेलले जानकारी दिए ।

संघले आफुनो रजत महोत्वसका अवसरमा सञ्चालन गरेको साता व्यापी कार्यक्रम अन्तरत आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले सामाजिक जिम्मेवारी र व्यवसायीक एकता बलमा संस्थालाई अगाडी बढाउने लक्ष्यलाई निरन्तरता दिन आग्रह गरे ।

उनले रक्तदान जिवनदान भन्ने कुराले नै त्यसको महत्व बोकेको उल्लेख रगतको अभावको अन्त्य गर्दै जिवन वचाउन आज संकलन गरिएको रगतले सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले संघको २५ औं वर्ष प्रवेशका अवसरमा आयोजना गरिएका कार्यक्रम र त्यसमा देखिएको सहभागीता आफुहरु निकै नै उत्साहित भएको जनाउदै आगामी दिनमा संघको गरिमा र समाजप्रतिको उत्तरदायित्व अझ बलियो बनाएर लैजाने प्रतिवद्धता जनाए ।

कस्मेटिक्स तथा गिफ्ट वस्तुगत उपसमितिको व्यवस्थापन तथा रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा संघका सल्लाहाकार समितिका संयोजक तेजप्रसाद विक, कस्मेटिक तथा गिफ्ट उपसमितिका संयोजक सरोज ज्ञवाली लगायत बोलेका थिए ।

उद्दघाटनसत्रको अध्यक्षता संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले गरेका थिए भने सञ्चालन महासचिव फर्सुराम पन्थ तथा स्वागत कार्यक्रम कार्यक्रम संयोजक प्रकाश पौडेलले गरेका थिए ।

संघले रजत महोत्सवका अवसरमा कार्तिक २२ गतेबाट साता व्यापी कार्यक्रम सञ्चालन गर्दै आएको छ । साता व्यापी कार्यक्रम अनुसार मंगलवार कार्तिक २७ गते लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल वितरण तथा विहान प्रभातफेरी कार्यक्रम आयोजना गरिदै छ ।

सोही दिन संघको सचिवालयमा रुपन्देहीमा स्थानीय, प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठी आयोजना गरिएको छ । प्रदेशका कार्यवहाक मुख्यमन्त्री भुमिश्वर ढकालको प्रमुख आतित्यथामा हुने कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्षले कार्यपत्र प्रस्तुत गर्नेछन ।

रजत महोत्सव अन्तरगतको मुल कार्यक्रम कार्तिक २८ गते मंगलबार अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिने महासचिव फर्सुराम पन्थले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ६ : ०१ बजे

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा