५ श्रावण २०८३, मंगलबार | July 22, 2026

चांगानको उत्पादन दिपल इभीका २ वटा सिरिज रुपन्देहीमा लन्च



बुटवल । विश्वकै उत्कृष्ट चारपाङ्ग्रे सवारी उत्पादक चाईनाको चांगान कम्पनीको दिपल इभी रुपन्देहीमा सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि र यस क्षेत्रको आधिकारिक विक्रेता जेनस मोटर्सले ईभिको नयाँ अप्सनका रुपमा डिपलका दुई मोडल चारपाङ्ग्रे सवारी आईतबार औपचारिक रुपमा लन्च गरिएको हो ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले डिपल एल जिरो सेभेन र डिपल एसजिरो सेभन दुई सवारी लन्च गर्दै बजारमा ईभि सवारीको क्रेज बढ्दो रहेको बताए । ईभि गाडीको विश्वासनीयतालाई कायम राख्नेगरि बिक्रेताहरुले सेवा दिनुपर्ने उनले सुझाव दिए । स्थानीय पालिका ईभिको सेवाप्रती सजग रहेको भन्दै चार्जिङ स्टेसनमा जोड दिएको उनले बताए । आम उपभोक्ताको माग र चाहना अनुसार सेवामा ध्यान दिनुपर्ने भन्दै स्थानीय सरकारले सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

जेनस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्र कुमार श्रेष्ठले संसारमा नै सबैभन्दा धेरै फिचर भएको सवारीका रुपमा चांगान कम्पनीले पहिचान बनाएको दाबी गरे । १६० वर्ष लामो ईतिहास बोकेको कम्पनी भएको चांगानले दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउटडोर स्पिकर लगायतका कारमा १५ भन्दा बढी फिचरहरु रहेको उनले दाबी गरे । अहिलेसम्मकै बढी ५४० किलोमिटर माईलेज यसमा रहेको छ । कार्तिक २७ गते बुटवलमा लुम्बिनी प्रदेशकै ठूलो एक्सचेन्ज एण्ड टेष्ट ड्राईभ क्याम्पको आयोजना क्लब डेनेभोमा राखिएको उनले बताए ।

कार्यक्रममा डिप्पलको अनुभव शेयर गर्दै उद्योगी विकास पाण्डेले ६ महिनाको अवधिमा नेपालका बाटाहरुमा यो उपयुक्त लागेको बताए । यसअघि चलाएका सवारीभन्दा फरक अनुभुति पाएको उनले बताए । पेट्रोलियम ईन्धन सवारी छोडेर ईभिमा आउँदा धेरै बलियो सोच बनाउनुपर्ने भन्दै यसको आकर्षक मोडल कै कारण चढेको बताए ।कार्यक्रममा एमएडब्लु ग्रुपका डिलर हेड सुरेन्द्र केसीले नेपालमा ईभि कारको माग बढ्दो रहेको बताए । नेपालमा हाल कुल सवारीमध्ये ८० प्रतिशतभन्दा बढी ईभि गाडी भित्रिएको उनले दाबी गरे । ‘भित्रिएका सवारी एउटै प्रकारको र गुणस्तरीय भने छैन ।’- उनले भने । नेपालमा सवारी भित्राउदा विक्रिपछिको सेवामा जोड दिन जरुरी रहेको भन्दै उपभोक्ताबाट खरिद गर्दा समेत यसमा विशेष ध्यान दिन उनले सुझाव दिए । एमएडब्लु ग्रुप नेपालकै दोस्रो बढी सवारी भित्राउने र गुणस्तरीयताका रुपमा पहिचान बनाएको उनले दाबी गरे । ६ महिना अघि काठमाडौंमा लन्च भएको यो गाडी ६ सय बढी गाडी बिक्रि भएको छ । विश्वका ६ देशका १० शहरमा यो कम्पनीको उत्पादन पुगेका छन् ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले हरित क्रान्तिको कुरा गरिरहँदा समयसापेक्ष यो सवारी भएको बताए । विद्युतिय उर्जा अबको समयको माग अनुसार बिस्तारै बढेको भन्दै उनले नयाँ पुस्तामा ईभि सवारी आकर्षक भएको बताए । राष्ट्रिय अर्थतन्त्रलाई समेत उकास्न यो नयाँ प्रविधि उपयोगी हुनेमा उनले आशा ब्यक्त गरे । कार्यक्रममा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले अटो क्षेत्रमा नयाँ ब्यवसायी भित्रदा आशा र उर्जा जागेको बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ६ : ११ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं