१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

दिपल इभीको शोरुम बुटवलमा शुभारम्भ



बुटवल । विश्वकै उत्कृष्ट चारपाग्रे सवारी उत्पादक गर्दै आएको चाईनाको चांगान कम्पनीको दिपल इभीको शोरुम रुपन्देहीमा शुभारम्भ भएको छ । नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि र यस क्षेत्रको आधिकारिक विक्रेता जेनस मोटर्सले कालिकानगरमा शोरुम शुभारम्भ गरेको हो ।

एक कार्यक्रममा बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले औपचारिक रुपमा शोरुमको शुभारम्भसंगै दिपल ई जिरो सेभेन नया चारपाग्रे सवारीको समेत लन्च गरेका छन । ईभी सवारीको माग अनुसार बिक्री पछिको सेवामा ध्यान दिन उनले आग्रह गरे । स्थानिय सरकार ईभी सवारीको सम्भावनालाई मध्येनजर गरि नीति बनाउन थालेको उनले बताए । नगरभित्र चार्जिङ सेन्टर स्थापनाको विषयमा नीतिगत रुपमा काम भैरहेको उनले बताए ।

कार्यक्रममा जेनस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्र कुमार श्रेष्ठले उपभोक्ताको सेवा र सुविधालाई केन्द्रबिन्दु बनाएर सेवा दिदै आएको दाबी गरे । देशका ८५ स्थानमा चार्जिङ स्टेशन स्थापना गरेको भन्दै यसलाई थप बढाउने क्रममा रहेको बताए । चाङगान कम्पनी सधै कार डिजाईन, फिचरमा ध्यान दिदै आएको उनले बताए । यसको क्षमता ४९० किलोमिटर छ । यो नया सवारी फस्ट ट्रान्सफरमर एसयुभी भएको उनले दाबी गरे ।

संसारमा नै सबैभन्दा धेरै फिचर भएको सवारीका रुपमा चानगन कम्पनी पहिचान बनाएको दाबी गर्दै १६० वर्ष लामो ईतिहास बोकेको कम्पनी भएको बताए । दिपलमा वेलकम सिट, सनफलावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउटडोर स्पिकर लगायतका कारमा १५ भन्दा बढि फिचरहरु रहेको उनले दाबी गरे ।

कार्यक्रममा बुटवल उधोग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले पर्यावरणमैत्री सवारी पछिल्लोसमय माग बढेको बेला नयानया फिचरका ईभी सवारी भित्रिरहेको बताए । नेपाली सडकलाई उपयोगी हुने सवारी भए बजारमा उपभोक्ताको मन जित्नेमा आशावादी रहेको उनले बताए । कार्यक्रममा प्यासेन्जर सवारी एमएडब्लुका सल्लाहकार सन्दिप चट्र्जीले विश्व बजारमा नै इभीको मागलाई मध्येनजर गरि नया नया फिचरका सवारी उत्पादनमा प्रतिस्प्रर्धा भैरहेको बताए ।

एम।एड।ब्लु ग्रुप नेपालकै दोस्रो बढी सवारी भित्राउने र गुणस्तरीयताका रुपमा पहिचान बनाएको उनले दाबी गरे । विश्वका ६ देशका १० शहरमा यो कम्पनीको उत्पादन लिईरहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ३ : ३९ बजे

कांग्रेसले बोलायो विशेष बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्ला समसामयिक घटनाक्रमबारे

बडीमालिकामा हिमपात, एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ । बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली

वर्षाले क्रिकेट मैदान जलमग्न भएपछि लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

घण्टीघरमा रास्वपा सचिवालय बैठक, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय