२१ असार २०८३, आइतबार | July 5, 2026

भारतीय क्रिकेटर शिखर धवन एनपिएलमा कर्णाली याक्सबाट खेल्ने



काठमाडौं । भारतीय क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सबाट खेल्ने भएका छन् । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णालीले धवनलाई टोलीमा अनुबन्ध गरेको हो ।

कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट सबै फरम्याटको क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

धवनले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलिसकेका छन् ।

सम्झौतापछि धवनले आगामी लिगमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताएका छन् । ‘कर्णाली याक्सले मलाई लिगको लागि अनुबन्ध गरेको छ । यो लिग खेल्न म निकै उत्साहित छु,’ धवनको भनाइसहितको भिडियो कर्णाली याक्सले फेसबुकमा राखेको छ ।

कर्णाली याक्समा ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक छन् । मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका तीव्रगतिका बलर सोमपाल कामी छन् । प्रतियोगिता मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ९ : २५ बजे

गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ