९ माघ २०८२, शुक्रबार | January 23, 2026

लुम्बिनीका सबै धार्मिक सम्पदाहरुलाई पर्यटन सर्किटमा जोड्छौं : मुख्यमन्त्री आचार्य



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशको लक्ष्य पूरा गर्न धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा बिशेष ध्यान दिएको बताएका छन् ।

बुटवल उपमहानगरपालिका-१२ मा रहेको मुक्तिनाथधाममा पुगेका मुख्यमन्त्री आचार्यले ऐतिहासिक महत्त्व बोकेका धाम तथा मठ मन्दिरको संरक्षण, सम्बर्द्धन र विकासका लागि प्रदेश सरकारले योजना निर्माण गरेर अघि बढ्ने बताएका हुन्।

‘प्रदेशलाइ आर्थिक रुपमा बलियो बनाउने आधार पर्यटन क्षेत्र हो । हामी कहाँ भएका सम्पदाहरुलाइ पर्यटन संग जोडेर अघि बढेका छौं’, उनले भने ‘लुम्बिनीका १२ जिल्लामा रहेका सम्पदाहरुलाइ पर्यटन सर्किट मार्फत जोड्छौं ।’

लुम्बिनी प्रदेश भ्रमणमा आउने भारतीय पर्यटकहरुलाइ लक्षित गरेर सिमानामा एकिकृत जाँच मार्फत सहज आवागमनका लागि प्रदेश सरकारले प्रक्रिया अघि बढाएको, ठाउँ ठाउँमा हुने पटके जाँचलाइ घटाउने र पर्यटनमैत्री बनाउने योजना सरकारले अघि बढाएको मुख्यमन्त्री आचार्यले जानकारी दिए । प्रदेश सरकारले यस बर्ष घुमौं बर्दियाको अभियान समेत थाल्ने योजनामा छ ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ११ : १४ बजे

दीप स्कुलमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न

बुटवल । बुटवलको सुख्खानगरस्थित दीप बोर्डिङ हाइ स्कुलमा शुक्रबार धुमधामका

कालिका मानवज्ञान माविमा सरस्वती पूजाको अवसरमा ईसीडी कक्षामा अक्षरारम्भ

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसर पारेर

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा

गगन थापाको प्रतिवद्धता – उम्मेदवारी चयन अर्को पटकदेखि सुधार गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रियामा