२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनीका सबै धार्मिक सम्पदाहरुलाई पर्यटन सर्किटमा जोड्छौं : मुख्यमन्त्री आचार्य



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशको लक्ष्य पूरा गर्न धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा बिशेष ध्यान दिएको बताएका छन् ।

बुटवल उपमहानगरपालिका-१२ मा रहेको मुक्तिनाथधाममा पुगेका मुख्यमन्त्री आचार्यले ऐतिहासिक महत्त्व बोकेका धाम तथा मठ मन्दिरको संरक्षण, सम्बर्द्धन र विकासका लागि प्रदेश सरकारले योजना निर्माण गरेर अघि बढ्ने बताएका हुन्।

‘प्रदेशलाइ आर्थिक रुपमा बलियो बनाउने आधार पर्यटन क्षेत्र हो । हामी कहाँ भएका सम्पदाहरुलाइ पर्यटन संग जोडेर अघि बढेका छौं’, उनले भने ‘लुम्बिनीका १२ जिल्लामा रहेका सम्पदाहरुलाइ पर्यटन सर्किट मार्फत जोड्छौं ।’

लुम्बिनी प्रदेश भ्रमणमा आउने भारतीय पर्यटकहरुलाइ लक्षित गरेर सिमानामा एकिकृत जाँच मार्फत सहज आवागमनका लागि प्रदेश सरकारले प्रक्रिया अघि बढाएको, ठाउँ ठाउँमा हुने पटके जाँचलाइ घटाउने र पर्यटनमैत्री बनाउने योजना सरकारले अघि बढाएको मुख्यमन्त्री आचार्यले जानकारी दिए । प्रदेश सरकारले यस बर्ष घुमौं बर्दियाको अभियान समेत थाल्ने योजनामा छ ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ११ : १४ बजे

मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-३ ठिनी गाउँमा स्थानीय थकाली समुदायले

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

अवतरणका क्रममा अमेजन एयरको विमान दुर्घटनाग्रस्त, पाँचको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो

बार्सिलोनाको विजयी यात्रा कायमै, भ्यालेन्सियामाथि ५-० को शानदार जित

काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई निरन्तरता

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित