२० भदौ २०८३, शनिबार | September 5, 2026

एमालेद्वारा दुःख व्यक्त



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गरेको छ । एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले आज विज्ञप्ति जारी गर्दै निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले नेपालको लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र न्यायिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको एमाले विज्ञप्तिमा उल्लेख छ ।

“‘सत्तापक्षको सरकार, प्रतिपक्षको सदन’ मान्यताका अनुयायी, संसदीय प्रणालीमा सभामुखको स्पष्ट मानक निर्माण गर्ने तथा सभामुखकीय तटस्थताको वकालत गर्ने स्व ढुङ्गानाको भूमिका सदैव स्मरणीय रहनेछ,” गौतमले विज्ञप्तिमा भनेका छन् ।

आइतबार ८३ वर्षको उमेरमा उपचारका क्रममा फ्रन्टलाइन अस्पतालमा ढुँगानाको निधन भएको थियो । ढुङ्गाना वरिष्ठ कानुनविद्, मानवअधिकारवादी तथा नागरिक समाजका अगुवा पनि थिए । आज सरकारले उनको निधनमा शोक मनाउँदै सार्वजनिक बिदासमेत दिएको छ ।

 

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  २ : २२ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २