६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

नाम लुम्बिनी प्राविधिक विश्वविद्यालय खजुरा, काम कारवाही सबै नेपालगन्जबाट

प्रदेश सरकारको एक मात्र विश्वविद्यालयलाई जग्गा दिन संघीय सरकारको आनाकानी



नेपालगन्ज । बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना गर्ने प्रदेश सरकारको निर्णय भएको झण्डै ५ वर्ष पुरा हुँदापनि जग्गा प्राप्तीको प्रक्रिया अगाडी नबढेपछि प्राविधिक विश्वविद्यालयको गतिबिधि नेपालगन्जका भवनहरुमा यताउता सार्दे चलाउँदै गरिएको छ ।

वन डिभिजनको भवनबाट आरम्भ गरिएको विश्वविद्यालयका गतिबिधि अव बाँकेको नेपालगन्जस्थित धम्बोझीमा रहेको कृषि विकास बैंकको भवनमा पनि सञ्चालन हुने भएको छ । कृषि विकास बैंकको भवनमा विश्वविद्यालय अन्तर्गत ईन्जिनियरिङ संकायको पढाई हुने भएको छ । खजुरामा जग्गा प्राप्त भएर भौतिक पूर्वाधारको काम सुरु हुन नसकेपछि लुम्बिनी प्राविधिक विश्वविद्यालयले उक्त भवनलाई प्रयोगमा ल्याउने भएको हो ।

कृषि बैंकको क्षेत्रीय कार्यालय नेपालगन्जबाट दाङ सारिएसँगै कृषि विकास बैंकको तत्कालीन क्षेत्रीय कार्यालय रहेको उक्त तीन तले भवन दुई वर्षदेखी प्रयोग विहीन अवस्थामा छ ।

प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार रेगबहादुर भण्डारीका अनुसार उक्त भवनलाई अहिले लुम्बिनी प्राविधिक विश्वविद्यालयले पाँच वर्षका लागि प्रयोग गर्न पाउनेगरी अनुमति प्राप्त गरेको छ ।

विश्वविद्यालयका लागि खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुरमा ८६ बिघा जग्गा दिनका लागि खजुरा गाउँपालिकाले सिफारिस दिइसकेपनि केन्द्र सरकारले जग्गाको भोगाधिकारको निर्णय नगरिदिँदा विश्वविद्यालयको शैक्षिक गतिबिधि सञ्चालन भएको दुई वर्षसम्म पनि जग्गा विश्वविद्यालयको नाममा आउन सकेको छैन । विश्वविद्यालयलाई खजुरा गाउँपालिकाले अहिले कार्यालय सञ्चालन भइरहेको भवन प्रयोगका लागि दिइसके छ । तर पालिकाले निर्णय गरेपनि भवन खाली नगरिदिएपछि भावमा विश्वविद्यालयको साइनबोर्ड टाँस्ने काम मात्र हुन सकेको छ ।

उता पालिकाको सिफारिसमा प्रदेश सरकार हुँदै संघीय सरकारमा पुगेको जग्गा प्राप्तिको फायल अर्थ मन्त्रालयमा पुगेर रोकिएको स्रोतको दाबी छ । भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा शिक्षा मन्त्रालयले स्वीकृति दिइसकेपनि अर्थ मन्त्रालयले फायलमा सहमति नजनाउँदा क्याबिनेटमा जान नसकेको मन्त्रालय स्रोतले भन्यो ।

कात्तिक ३० गते सिभिल इन्जिनियरिङको प्रवेश परीक्षा सम्पन्न भईसकेकाले यहि मंसिर १५ गतेदेखि बैंको भवनबाट कक्षाहरू सञ्चालन गरिने रजिष्ट्रार भण्डारीले बताए । सिभिल इन्जिनियरिङतर्फका कोर्शमा ४८ जनाको कोटा रहेको छ ।

रजिष्ट्रार भण्डारीले ५ वर्षसम्म ढुक्कले सो भवनबाट शैक्षिक गतिविधिहरू सञ्चालन गर्न सक्ने उल्लेख गर्दै त्यस अवधिमा खजुरामा पनि जग्गा प्राप्ति भइसक्ने अपेक्षा गरे ।

विश्वविद्यालयमा सूचना प्रविधितर्फ बिटेक इन आइटी र बिटेक इन कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्सको पढाइ भइरहेकोमा अब इन्जिनियरिङतर्फ बिटेक इन सिभिल र बिटेक इन आइटी इन्जिनियरिङको पढाइका लागि प्रक्रिया सुरु गरिएको उनले बताए ।

तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले बाँकेको खजुरामा स्थापना हुने गरि निर्णय गरेको प्राविधिक विश्वविद्यालयलाई अर्का तत्कालिन मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वकालमा योजना आयोगका तत्कालिन उपाध्यक्ष बामदेव क्षेत्रीको दवावमा दाङ वा कपिलवस्तु सार्ने अभ्यास थालिएपनि बाँकेका स्थानीयबासी र माओवादी भित्रकै स्थानीय नेताहरुले सो कदमको विरोध गरेपछि मात्र खजुराबाट विश्वविद्यालय अन्यत्र लैजाने अभ्यासबाट सरकार पछि हटेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ४ : ०७ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की ।आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

भक्तपुर । भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन