७ माघ २०८२, बुधबार | January 21, 2026

लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाइ निरन्तरता दिन मुख्यमन्त्रीको आग्रह



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसंग स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोने भेटवार्ता गरेका छन । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार भएको भेटवार्तामा लुम्बिनी प्रदेशको विकास र समृद्धिमा स्विस सरकारले हाल गर्दै आएको सहयोगको बारेमा छलफल भएको छ ।

मुख्यमन्त्री आचार्यले प्रदेश तह आत्मनिर्भर हुने चरणमा रहेकाले यो अवधिमा दातृ निकायहरुको साथ सहयोग आवश्यक पर्ने भन्दै पूर्वाधार देखि सामाजिक क्षेत्रको विकासमा सहयोग आवश्यक परेको बताए । “प्रदेश स्थापना भएर कार्यान्वयनमा आएको भर्खरै ७ बर्ष भएको छ । प्रदेश आत्मनिर्भरताको बाटोमा छ । सबै प्रकारको साथ सहयोग जरुरीछ” उनले भने, “स्वीस सरकारले गर्दै आएको सहयोगलाइ प्रदेश तहमा निरन्तरता दिन अझै जरुरी छ । झोलुंगे पुल निर्माण, पक्की पुल निर्माण होस । प्राविधिक सहयोगलाई अझै निरन्तरता दिन आवश्यक छ ।” लुम्बिनी प्रदेश भित्र मानसिक स्वास्थ, मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणको समस्या उच्च रहेकाले ती समस्या समाधान गर्न पनि साझेदारी गर्न प्रदेश सरकार तयार भएको जानकारी गराए ।

यसका साथै लुम्बिनी प्रदेश सरकारले प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना निर्माण गरेरको र अब त्यसलाई मन्त्रिपरिषद बैठकबाट निर्णय गरेर कार्यान्वयनमा लगिने मुख्यमन्त्री आचार्यले जानकारी गराए । हाल स्वीस सरकारको सहयोगमा बर्दिया जिल्लामा मात्रै मानसिक स्वास्थ तथा मनोसामाजिक सेवा कार्यक्रम लागू भएको छ । यो कार्यक्रमलाई प्रदेशका सबै जिल्लामा केन्द्रित गर्न आग्रह गरे ।

मुख्यमन्त्री आचार्यले राखेको प्रस्ताव प्रति राजदुतले सकारात्मक प्रतिक्रिया दिएको भेटमा सहभागी मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रामबहादुर राउतले जानकारी दिए । प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा रणनीतिक योजना निर्माण गरेकोमा राजदुत डानियल मेउल्ली मोन्टेलोने सरकार प्रति बधाई ज्ञापन गरेका छन । भेटमा राजदुतसंगै वरिष्ठ राजनैतिक सल्लाहकार प्रतिज्ञा सिम्खडा बासकोटा, सीएमसी नेपालका प्राविधिक निर्देशक डा.पशुपति महत, प्रादेशिक संयोजक हिमाल गैरे सहितको टोली सहभागी थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १२ : ०९ बजे

एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

काठमाडौं । यसवर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन

बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत