५ पुस २०८२, शनिबार | December 20, 2025

जागरणसभा गरेर दरबारमार्ग क्षेत्र फोहर गरेको भन्दै एमालेलाई महानगरको १ लाख जरिवाना



काठमाडौं । महानगरको दरबारमार्ग क्षेत्रमा फोहर गरेको भन्दै काठमाडौं महानगरपालिकाले सत्ता नेतृत्व गरिरहेको पार्टी नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।

शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको हो ।

महानगरले पठाएको पत्रमा फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको उल्लेख छ ।

नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको पत्रका आधारमा एमालेले महानगरपालिकालाई जरिवाना रकम बुझाउनु पर्नेछ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १० : ३३ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता