४ आश्विन २०८३, आइतबार | September 21, 2026

‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’



काठमाडौं । काशी हिन्दू विश्वविद्यालयका प्रा डा दीपक मल्लिकले नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको बताएका छन् ।

सहिद स्मृति प्रतिष्ठान केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिवेश र समावेशी लोकतन्त्र विषयक’ कार्यशालामा उनले अब हाम्रो विचार बदलिनुपर्नेमा जोड दिए । उनले विचार बदलिएमा राजनीतिक परिवेश र समावेशी लोकतन्त्रले पनि सफलता पाउने बताए ।

प्रा डा मल्लिकले गणतन्त्र एवं लोकतन्त्रमा सबै नागरिकका हक अधिकार बराबरी हुने भएकाले यसले सफलता पाउँदै आएको दाबी गरे । शासन सञ्चालनमा सम्पूर्ण क्षेत्र, भाषा, लिङ्ग, वर्ग र समुदायका नागरिकलाई न्यायोचित सहभागी गराउने शासकीय पद्धति नै समावेशी लोकतन्त्र भएकाले यसको आवश्यकता रहेको उल्लेख गरे ।

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले समावेशी लोकतन्त्र निर्माणका लागि बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, प्रदीप गिरीलगायतका नेताहरूले देशमा खेलेको भूमिकाका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिश पोखरेल, पूर्वसांसद किरण यादव, पूर्वराजदूत डा विजय कर्ण, प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहाललगायतले आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ८ : ३६ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन