८ माघ २०८१, मंगलबार | January 21, 2025

एनपिएल खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपालमा



काठमाडौँ । भारतीय क्रिकेटर शिखर धवन नेपाल आएका छन् । शनिबारदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिल) खेल्न धवन आज साँझ नेपाल आएका हुन् । धवनले एनपिएल टोली कर्णाली याक्सबाट खेल्नेछन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरेले स्वागत गरेका थिए । विमानस्थलमा सञ्चारकर्मीसँग धवनले आफू एनपिएल खेल्न पाउँदा उत्साहित भएकोे बताए ।

३९ वर्षीय बायाँहाते ब्याटर धवन इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादसँगै दिल्ली क्यापिटल्स, डेक्कन चार्जर्स र पञ्जाब किङ्सबाट खेलिसकेका छन् । सन् २०१६ मा धवन सम्मिलित हैदरावादले आइपीएलको उपाधि जितेको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ९ : ३१ बजे

सुनको भाउ एकैदिन प्रतितोला ११ सय रूपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ

पार्टी प्रवेश गर्नेहरुलाई माओवादी अध्यक्ष प्रचण्डद्वारा स्वागत

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा

सगरमाथा संवादको घोषणा गरिँदै

सगरमाथा संवादको घोषणा गरिँदैकाठमाडौं । सरकारले आगामी जेठ पहिलो साता

लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी

लमजुङ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ ।

राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड