२५ भदौ २०८३, बिहिबार | September 10, 2026

एनपिएल खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपालमा



काठमाडौँ । भारतीय क्रिकेटर शिखर धवन नेपाल आएका छन् । शनिबारदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिल) खेल्न धवन आज साँझ नेपाल आएका हुन् । धवनले एनपिएल टोली कर्णाली याक्सबाट खेल्नेछन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरेले स्वागत गरेका थिए । विमानस्थलमा सञ्चारकर्मीसँग धवनले आफू एनपिएल खेल्न पाउँदा उत्साहित भएकोे बताए ।

३९ वर्षीय बायाँहाते ब्याटर धवन इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादसँगै दिल्ली क्यापिटल्स, डेक्कन चार्जर्स र पञ्जाब किङ्सबाट खेलिसकेका छन् । सन् २०१६ मा धवन सम्मिलित हैदरावादले आइपीएलको उपाधि जितेको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ९ : ३१ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : चिनियाँ राजदूत माओमिङ

नुवाकोट । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै