११ श्रावण २०८३, सोमबार | July 27, 2026

बुटवलको ३ स्थानमा घुम्ती शौचालय



बुटवल । बुटवलका ३ स्थानमा घुम्ती शौचालय राख्ने भएको छ । बुटवल उपमहानगरपालिकाले ट्राफिक चौकमा रहेको दुर्गा मन्दिरको पूर्व पूर्वपट्टी, हस्पिटललाइन पुष्पलाल चोकको पूर्वपट्टी र राजमार्ग चौराहमा रहने गरी ३ ओटा घुम्ती शौचालय राखिने भएको हो ।

आईतबार एक कार्यक्रमको आयोजना गरी बुटवल उपमहानरपालिकाले सञ्चालनको लागि जिम्मा पाएको बुटवल सेनेटरी प्रालिलाई सम्झौता तथा शौचालयको चाँपी हस्तानान्तरण गरेको छ ।

सम्झौता तथा चाँपी हस्तानन्तरण कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले पैदल यात्री, यातायातको साधान प्रयोग गर्ने यात्रीहरुको लागि घुम्ती शौचालय प्रभावकारी हुने बताए ।

उनले कुनै मेला महोत्सव वा सभा समारोहमा समेत लगेर प्रयोग गर्न मिल्ने गरी पहिलो चरणमा ३ वटा घुम्ती शौचालय स्थापना गरिएको र आगामी दिनमा अझ बढि बिस्तार गरिने जानकारी दिए ।

महिला, पुरुष र अपाङ्गता भएका व्याक्तिहरुको लागि समेत छुट्टाछुट्टै शौचालय व्यवस्था गरिएको यो घुम्ती शौचालयको लागि एउटाको करिव ४० लाख रहेको छ ।

व्यवस्थापन तथा सञ्चालनको लागि जिम्मा पाएको बुटवल सेनेटरी प्रालिका सञ्चालक यम बहादुर थापाले सम्झौतामा उल्लेख गरिएको अनुसार, कार्यविधीको पूर्ण पालना गरी घुम्ती शौचालय सञ्चालन गरिने प्रतिवद्धता समेत जनाए ।

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ३ : ३७ बजे

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम

आजको मौसम : धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेकाले

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा