१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षामन्त्री भट्टराईको निर्देशन



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिएकी छन् ।

आज मन्त्रालयअन्तर्गतको उच्च व्यवस्थापन समूहको बैठकमा उनले प्रधानमन्त्रीले खोजेको रूपान्तरणको योजनालाई ख्याल गर्दै नागरिकप्रतिको उत्तरदायित्व महसुस गरी सुधार गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्री भट्टराईले कार्ययोजना कार्यान्वयन कार्यविधि र प्रारूप अनुसार काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायत मन्त्रालय मातहतका निकायसँग निरन्तर संवादसहित अन्तरनिकाय समन्वयमा काम गर्न आग्रह गरिन् ।

उनले समन्वय र सहकार्यको अभावमा कार्यसम्पादन उत्कृष्ट र गुणस्तरीय नहुने हुँदा समन्वय, सहकार्य र सहअस्तित्वका भावनाअनुसार प्राथमिकताका साथ काम गर्नुपर्ने धारणा व्यक्त गरिन् ।

बैठकमा मन्त्रालयका सचिवहरूसहित, महाशाखा प्रमुख, विभागीय प्रमुखलगायत उपस्थित थिए ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : २० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले