११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रधानमन्त्री ओली चीन प्रस्थान



काठमाडौं । चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् ।

चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली आज बेइजिङ प्रस्थान गरेका हुन् । हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट ओली बिहान ११ बजे चीन प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले बिदाइ गरे । यसैगरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुखहरुसमेत प्रधानमन्त्री ओलीको बिदाइका लागि विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री ओलीलाई यसअघि नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

भ्रमणका क्रममा चिनियाँ समकक्षी ली छ्याङसँग भोलि दुईपक्षीय वार्ता र हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिङफिङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यसैगरी चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ ।

सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्य सहभागी रहेको प्रतिनिधिमण्डल मंसिर २० गते स्वदेश फर्किने छ ।

 

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ११ : १७ बजे

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’

पशुपतिनाथमा धनुर्मास पूजा

काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा