१८ चैत्र २०८२, बुधबार | April 1, 2026

प्रधानमन्त्री ओली चीन प्रस्थान



काठमाडौं । चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् ।

चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली आज बेइजिङ प्रस्थान गरेका हुन् । हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट ओली बिहान ११ बजे चीन प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले बिदाइ गरे । यसैगरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुखहरुसमेत प्रधानमन्त्री ओलीको बिदाइका लागि विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री ओलीलाई यसअघि नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

भ्रमणका क्रममा चिनियाँ समकक्षी ली छ्याङसँग भोलि दुईपक्षीय वार्ता र हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिङफिङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यसैगरी चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ ।

सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्य सहभागी रहेको प्रतिनिधिमण्डल मंसिर २० गते स्वदेश फर्किने छ ।

 

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ११ : १७ बजे

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

काठमाडौं । नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर

संसद् अघिवेशनको अघिल्लो दिन सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा बसेको

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

भैरहवा । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित

कांग्रेस नेता चन्द्र भण्डारीको प्रश्न -‘पाका नेताहरू पाका बन्नु पर्दैन र ?’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संयमित र

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको