९ माघ २०८१, बुधबार | January 22, 2025

नेपाल प्रिमियर लिग : विराटनगरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत मंगलबार बिहानको खेलमा सुदूरपश्चिम रोयल्सले सुरुमा ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित्र त्रिवि मैदानमा टस जितेर विराटनगर किंग्सले सुरुमा बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको हो ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएका हुन् । सुदूरपश्चिम मंगलबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा एनपीएलको पहिलो खेल खेल्दैछ । विराटनगर भने उद्घाटन खेलमा जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको हो ।

दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन् । चितवन र पोखराको दोस्रो खेल दिउँसो १ बजे प्रारम्भ हुनेछ । पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने चितवन कुशल मल्लको कप्तानीमा छ ।

पहिलो खेलमा सोमबार काठमाडौं गोर्खाजलाई पाँच विकेटले हराएको चितवनले दुई अंक जोडिसकेको छ । चितवन आज पोखरालाई हराउँदै लगातार जितको खोजीमा हुनेछ भने पोखरा पहिलो जित निकाल्दै प्रतियोगितामा शानदार सुरुवात गर्न चाहन्छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ९ : ०२ बजे

झापामा छ महिनामा दुई सय १३ जना पक्राउ

झापा । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध

आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड

बागलुङ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

बाँके । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन

बागलुङको जैमिनिघाटमा पर्वत जोड्ने मोटरेवल पुल निर्माण सम्पन्न

बागलुङ । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९

टर्कीको होटलमा आगलागीमा परी ६६ जनाले गुमाए ज्यान

टर्की । टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको