९ माघ २०८१, बुधबार | January 22, 2025

कप्तान दीपेन्द्रसिंह ऐरीको शानदार अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको चुनौती



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत मंगलबार बिहानको खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको चुनौती दिएको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) मैदानमा टस हारेर सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शानदार अर्धशतक पूरा गरे । उनले २४ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५७ रन बनाए । उसका लागि ब्रान्डनले ३६ रन बनाए । २६ रनको सामना गरेका उनले दुईदुई चौका र छक्काको मद्दतमा ३६ रन जोडेका हुन् । विनोद भण्डारीले २० बलमा चार चौकाको मद्दतमा २३ रन बनाए । इशन पाण्डेले १६ बलम दुई चौका र एक छक्काको मद्तमा २१ रन बनाए । सैफ जैब १५, स्कट कुग्गेलिजन १०, आरिफ शेखले ९ रन बनाएको खेलमा अमित श्रेष्ठले १ रनमा आउट भएका थिए ।

विराटनगरका लागि अनिल खरेलले चार ओभरमा २६ रन खर्चिएर महत्त्वपूर्ण तीन विकेट लिए । क्रिस सोल, इस्मत आलम र बसिर अहमेदले एकएक विकेट हात पारे ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १० : ५३ बजे

बागलुङको जैमिनिघाटमा पर्वत जोड्ने मोटरेवल पुल निर्माण सम्पन्न

बागलुङ । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९

टर्कीको होटलमा आगलागीमा परी ६६ जनाले गुमाए ज्यान

टर्की । टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको

चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे

महोत्तरी । निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् ।

गैँडाको आक्रमणबाट मृत्यु

चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज

खानेपानी संस्थाहरु करमुक्त गर्न माग

काठमाडौं । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले