२३ चैत्र २०८२, सोमबार | April 6, 2026

पौवा पोखरा सहित फिस्टेल लज र सराङकोट माउन्टेनलाई होटल तथा रेस्टुरेन्टको स्वच्छतामा थ्री स्टार



पोखरा । पोखराको पौवा सहित तीन होटललाई होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्यांकन गरी थ्री स्टार प्रदान गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले पोखराको होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्यांकन गरी स्तरीकरण गर्दा पोखराको होटल पौवा पोखरा प्रा.लि., फिस्टेल लज र सराङकोट माउन्टेन एण्ड स्पाले थ्री स्टार अति उत्तमको हरियो स्टीकर प्राप्त गरेका हुन् । त्यसैगरी होटल बाराही र होटल आवास प्रालिले टु स्टार उत्तम स्टीकर प्राप्त गर्न सफल भए ।

मंगलबार होटल पौवामा आयोजित एक समारोहका बिच होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख नवराज दाहाल लगायतले अति उत्तम र उत्तम स्टीकर, प्रमाण पत्रसँगै प्रतिवद्धता पत्र वितरण गरे ।

कार्यक्रममा होटल संघ पोखराका अध्यक्ष सुवेदीले पर्यटनको राजधानीमा होटल तथा रेष्टुरेन्ट वर्गीकरण अत्याश्यक रहेको बताउदै स्टीकर प्रदान गरी रेष्टुरेण्ट तथा होटलको गुणस्तर मापन गर्ने यस प्रकारको कार्यक्रमले पर्यटक विश्वस्त हुने बताए । पोखरामा रहेका होटल तथा रेस्टुरेन्टहरुले खाद्य शुद्धतामा ध्यान दिनुपर्ने भएकाले आगामी वर्ष अन्य होटललाई पनि मूल्यांकनमा सहभागी बनाउन सहजीकरण गर्ने उनको भनाइ रहेको थियो ।

होटल पौवा प्रालिका प्रतिनिधि केशव भण्डारीले होटलमा अति उत्तममा वर्गीकरण भएकाले यसलाई पछिसम्म पनि कायम राख्ने प्रतिवद्धता ब्यक्त गरे । पाहुनाको रोजाईसँगै सरसफाइमा सधैं प्रतिवद्ध रहने उनले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले मापनका लागि बाध्यकारी नियम नभएकाले खाद्य शुद्धता मापन गर्नका लागि निवेदन परेपछि प्रक्रियाअघि बढाइने बताए । गत असोजमा पोखराका ६५ हाराहारीमा होटल तथा रेष्टुरेन्टलाई यसबारे अभिमुखीकरण तालिम दिए पनि ५ वटाले मात्र निवेदन दिएपछि मंगलबार लोगो वितरण गरिएको उनले जानकारी दिए ।

वर्गीकरणका लागि ५० प्रश्न सोधिन्छ । प्रश्नोत्तर आधारमा अति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य वर्गीकरण गरिने कार्यालयका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले जानकारी दिए ।

अति उत्तमको वर्गीकरणमा पर्न तोकिएको मापदण्ड बमोजिम ९० भन्दा बढी अंक प्राप्त गर्नुपर्छ । प्रश्नका साथमा खानाको गुणस्तर, खाना बनाउन प्रयोग गरिने तेल लगायत सामग्री के कस्तो प्रयोग छ भन्ने जाँच गरेर मूल्यांकन गरिएको कुँवरले बताए ।

कामदारको व्यक्तिगत सरसफाइ, भान्छा, रेस्टुरेन्टमा बसेर खाने ठाउँ, भण्डारणसम्मको सरसफाइ हेरेर मूल्यांकन गरिने उनको भनाइ छ ।

कार्यक्रममा पोखरा ६ का वडा सदस्य वासुदेव बराल, होटल संघ पोखराका उपाध्यक्ष गणेशराज पहारी, राष्ट्रिय उपभोक्ता मञ्च कास्की सचिव कमल पौडेल लगायतले अहिले पाएको खाद्य सुरक्षाको मापनलाई पछिसम्म पनि निरन्तरता दिन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ८ : ३७ बजे

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट