२५ भदौ २०८३, बिहिबार | September 10, 2026

लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको कीर्तिमानी लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को बुधबारको दोस्रो खेलमा लुम्बिनी लाइन्सले विराटनगर किङ्ग्सलाई १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । निर्धारित २० ओभरमा लुम्बिनीले ७ विकेट गुमाउँदै एनपीएलको जारी सिजनको सबैभन्दा उच्च १९१ रन जोडेको हो ।

जारी प्रतियोगितामा लुम्बिनीले बनाएका यो सबैभन्दा उच्च रन हो । यसअघि विराटनगरविरुद्ध नै सुदूरपश्चिम रोयल्सले १८२ रनको उच्चको स्कोरको चुनौती दिएको थियो ।

कीर्तिपुर मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको लुम्बिनीका कप्तान रोहित पौडेल अर्धशतक पूरा गर्न ४ रनले चुके । विराटनरलाई यो लक्ष्य प्रस्तुत गर्ने क्रममा उनले २९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४६ रन जोडे ।

इङ्ल्यान्डका ब्याटरसमेत रहेका टम मूर्सले लुम्बिनीका लागि १७ बलमा ३० रन जोडे । १ चौका र ३ छक्का प्रहार गरेका उनी रन आउट भएका थिए ।

घरेलु अलराउन्डर विवेक यादवले अविजित १९ रन जोडे । सात बल खेलेका उनले तीन छक्काको मद्दतमा राम्रो स्कोर गरे । तर लुम्बिनीका दुवै ओपनरको ब्याटिङ चलेन । ओपनर आशुतोष घिरियाले १५ र अर्का ओपनर अर्जुन साउदले १७ रन जोडे ।

विराटनगरका सन्दीप लामिछानेले लिगको पहिलो विकेट लिने क्रममा साद बिन जफरलाई मार्टिन गुप्टिलमार्फत क्याच आउट गराए । जफरले १३ बलमा १५ रन जोडे । सन्दीप जोराले १३ बलमा १२ रन जोडे ।

बलिङतर्फ इस्मत आलम, राजेश पुलामी मगर र सन्दीपले एक-एक विकेट लिए ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ३ : ०३ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व शान्तिधाम लुम्बिनीको पहलमा विश्व शान्ति पूजा हुँदै

बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली,