२१ असार २०८३, आइतबार | July 5, 2026

कर्णालीले चितवनविरुद्ध पहिला फिल्डिङ गर्ने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुने खेलका निम्ति भएको टस जितेर कर्णालीका कप्तान सोमपाल कामीले फिल्डिङ रोज्दै चितवनलाई ब्याटिङमा निम्त्याएका हुन् ।

प्रतियोगितामा कर्णाली पहिलो जितको खोजीमा छ । कर्णाली यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग तीन विकेट पराजित भएको थियो ।

यता, चितवन भने प्रतियोगितामा आज लगातार तेस्रो जितको खोजीमा छ । चितवनले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको र दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

त्यस्तै आजको दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बिचमा हुँदै छ । सो खेल अपरान्ह १ बजे हुने छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ९ : ०३ बजे

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा । गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । उपाधिको प्रमुख दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को