७ आश्विन २०८३, बुधबार | September 23, 2026

‘राम्रो स्कुलमा पढाउनकैलागि शहर पस्नुपर्ने अवस्था छैन, अब गाउँमै त्यो सुविधा पु¥याएका छौं’



अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार लगायतका विकास गाउँ केन्द्रित भइरहँदा मानिसहरु शहर केन्द्रित हुने अवस्थालाई सुधार गर्न ‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने बताएका छन । तीन तहका सरकारले गाउँ केन्द्रित विकासलाई प्राथमिकतामा राखेर सुविधाहरु पु¥याइरहेको सन्दर्भ केलाउदै मुख्यमन्त्री आचार्यले शहर केन्द्रित भएकाहरु अब गाउँ फर्कन जरुरी रहेको बताएका हुन ।

शनिबार मालारानी गाउँपालिका-२ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण जयन्ति महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सुविधाकै लागि शहर पसेकाहरु अब गाउँ फर्कनुपर्ने धारणा राखे । “हामिले गाउँमा विकास पु¥यायौं । सुविधा पु¥यायौं । अहिले त्यही सुविधाकालागि शहर पसेकाहरु गाउँ फर्कन जरुरी छ” उनले भने, “अब राम्रो स्कुलमा पढाउनकै लागि शहर पस्नुपर्ने, घरमा ताला झुण्ड्याउनुपर्ने अवस्था छैन् । यही गाउँमा पनि धेरै गर्न सकिन्छ । अव गाउँ फर्किएर उद्यम गर्न जरुरी छ ।”

गाउँ फर्क अभियानलाई राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी तथा समाजका अगुवाहरुले उदाहरण बनेर देखाउनुपर्ने समेत धारणा राखे । “राजनीतिक दलका कार्यकर्ता पनि अव उद्यममा जोडिएर व्यवसायीक बन्नुपर्छ । विदेशमा जतीको कमाई स्वदेशमा बसेर पनि गर्न सकिन्छ” उनले भने, “अब दलका कार्यकर्ताहरु उत्पादनसंग जोडिनैपर्छ । आफैले उदाहरण पेश नगर्दा सम्म समाजको विश्वास जित्न सकिदैन ।” सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कदै जानु चिन्ताको बिषय भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले गुणस्तर सुधारगर्न सबैपक्ष गम्भिर बन्नुपर्ने बताए । “रिजल्ट सुधार्न एउटा पक्षले मात्रै ख्याल गरेर हुदैन । यसमा अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय, जनप्रतिनिधि सबै साझा रुपमा अघि बढ्नसक्नुपर्छ’ उनले भने, “गत बर्षको एसइइको नजिता सन्तोषजनक भएन । यसपालीको नजिता सुधारगर्ने बारेमा सबै चिन्तित र संवेदनशिल बन्नैपर्छ । ”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम आचार्यको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयको शैक्षिक विकासमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ४ : ०५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज