१३ माघ २०८१, आइतबार | January 26, 2025

‘राम्रो स्कुलमा पढाउनकैलागि शहर पस्नुपर्ने अवस्था छैन, अब गाउँमै त्यो सुविधा पु¥याएका छौं’



अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार लगायतका विकास गाउँ केन्द्रित भइरहँदा मानिसहरु शहर केन्द्रित हुने अवस्थालाई सुधार गर्न ‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने बताएका छन । तीन तहका सरकारले गाउँ केन्द्रित विकासलाई प्राथमिकतामा राखेर सुविधाहरु पु¥याइरहेको सन्दर्भ केलाउदै मुख्यमन्त्री आचार्यले शहर केन्द्रित भएकाहरु अब गाउँ फर्कन जरुरी रहेको बताएका हुन ।

शनिबार मालारानी गाउँपालिका-२ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण जयन्ति महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सुविधाकै लागि शहर पसेकाहरु अब गाउँ फर्कनुपर्ने धारणा राखे । “हामिले गाउँमा विकास पु¥यायौं । सुविधा पु¥यायौं । अहिले त्यही सुविधाकालागि शहर पसेकाहरु गाउँ फर्कन जरुरी छ” उनले भने, “अब राम्रो स्कुलमा पढाउनकै लागि शहर पस्नुपर्ने, घरमा ताला झुण्ड्याउनुपर्ने अवस्था छैन् । यही गाउँमा पनि धेरै गर्न सकिन्छ । अव गाउँ फर्किएर उद्यम गर्न जरुरी छ ।”

गाउँ फर्क अभियानलाई राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी तथा समाजका अगुवाहरुले उदाहरण बनेर देखाउनुपर्ने समेत धारणा राखे । “राजनीतिक दलका कार्यकर्ता पनि अव उद्यममा जोडिएर व्यवसायीक बन्नुपर्छ । विदेशमा जतीको कमाई स्वदेशमा बसेर पनि गर्न सकिन्छ” उनले भने, “अब दलका कार्यकर्ताहरु उत्पादनसंग जोडिनैपर्छ । आफैले उदाहरण पेश नगर्दा सम्म समाजको विश्वास जित्न सकिदैन ।” सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कदै जानु चिन्ताको बिषय भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले गुणस्तर सुधारगर्न सबैपक्ष गम्भिर बन्नुपर्ने बताए । “रिजल्ट सुधार्न एउटा पक्षले मात्रै ख्याल गरेर हुदैन । यसमा अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय, जनप्रतिनिधि सबै साझा रुपमा अघि बढ्नसक्नुपर्छ’ उनले भने, “गत बर्षको एसइइको नजिता सन्तोषजनक भएन । यसपालीको नजिता सुधारगर्ने बारेमा सबै चिन्तित र संवेदनशिल बन्नैपर्छ । ”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम आचार्यको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयको शैक्षिक विकासमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ४ : ०५ बजे

प्रादेशिक महोत्सवमा पत्रकारमाथि दुर्व्यवहार नगर्न र समाचार संकलनको वातावरण बनाउन माग

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा

‘पत्रकारको पेसागत सुरक्षामा ध्यान दिइने’

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारको पेसागत

रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश

भैरहवा । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीको तेस्रो मुद्दामा

प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई ७६औँ गणतन्त्र दिवसको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७६औँ गणतन्त्र दिवसको

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने

काठमाडौँ । नेपाली सेनाले सेना दिवसका अवसरमा यही माघ १५