७ पुस २०८२, सोमबार | December 22, 2025

आज तीनवटा संसदीय समितिको बैठक बस्दैँ



काठमाडौं । प्रतिनिधिसभाका दुइ समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार आज तीनवटा समितिको बैठक बस्नेछ ।  जसअनुसार राज्य व्यबस्था समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

राज्य व्यवस्था समितिमा सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग सांसदहरूले छलफल गर्नेछन् । जुन बैठक दिउँसो १ः०० बजेबाट सुरु हुनेछ ।

उता, शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ, जुन बैठक दिउँसो २ बजेबाट सुरु हुनेछ । विधायन व्यवस्थापन समितिको बैठकमा भने नेपाल लेजिस्लेटिभ एकेडेमीसँग छलफल हुनेछ, सो बैठक दिउँसो २ः३० बजे बस्नेछ ।

तीनवटै समितिको बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ७ : ३३ बजे

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र