८ माघ २०८१, मंगलबार | January 21, 2025

२०६४ सालमा जनताले माओवादीप्रति गरेको विश्वास कायम राख्न सकिएन : अध्यक्ष प्रचण्ड



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले थालनी गरेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानबाट नेपालमा समाजवादको भ्रुण रोपिएको बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १८ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले समाजवादको भ्रुणलाई समृद्ध बनाएर लैजानुपर्ने अबको दायित्व भएको बताए ।

उनले विगतको समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ शीराबाट अघि बढाउने प्रण गरेको उल्लेख गरे । २०६४ सालमा जनताले माओवादीप्रति गरेको विश्वास र भरोसा कायम राख्न नसकेको स्वीकार्दै अध्यक्ष प्रचण्डले पार्टीलाई एकताबद्ध गरेर जनभावनाको उच्च सम्मान गरी विकास र समृद्धिमा ध्यान नदिँदा आन्दोलन पछि परेको बताए ।

माओवादीका महासचिव देवप्रसाद गुरुङले विश्व भूराजनीतिक परिस्थितिका कारण राष्ट्रिय स्वाधिनतामाथि चुनौती थपिएको उल्लेख गर्दै राष्ट्रिय एकता कायम गर्न कर्मचारी तन्त्रको भूमिका महत्वपूर्ण हुने बताए । भ्रष्टाचार, ढिलासुस्तीलगायत कारण जनतामा देखिएको निराशा चिर्न कर्मचारी वर्गले विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ९ : ४६ बजे

सुनको भाउ एकैदिन प्रतितोला ११ सय रूपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ

पार्टी प्रवेश गर्नेहरुलाई माओवादी अध्यक्ष प्रचण्डद्वारा स्वागत

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा

सगरमाथा संवादको घोषणा गरिँदै

सगरमाथा संवादको घोषणा गरिँदैकाठमाडौं । सरकारले आगामी जेठ पहिलो साता

लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी

लमजुङ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ ।

राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड