७ आश्विन २०८३, बुधबार | September 23, 2026

२०६४ सालमा जनताले माओवादीप्रति गरेको विश्वास कायम राख्न सकिएन : अध्यक्ष प्रचण्ड



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले थालनी गरेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानबाट नेपालमा समाजवादको भ्रुण रोपिएको बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १८ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले समाजवादको भ्रुणलाई समृद्ध बनाएर लैजानुपर्ने अबको दायित्व भएको बताए ।

उनले विगतको समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ शीराबाट अघि बढाउने प्रण गरेको उल्लेख गरे । २०६४ सालमा जनताले माओवादीप्रति गरेको विश्वास र भरोसा कायम राख्न नसकेको स्वीकार्दै अध्यक्ष प्रचण्डले पार्टीलाई एकताबद्ध गरेर जनभावनाको उच्च सम्मान गरी विकास र समृद्धिमा ध्यान नदिँदा आन्दोलन पछि परेको बताए ।

माओवादीका महासचिव देवप्रसाद गुरुङले विश्व भूराजनीतिक परिस्थितिका कारण राष्ट्रिय स्वाधिनतामाथि चुनौती थपिएको उल्लेख गर्दै राष्ट्रिय एकता कायम गर्न कर्मचारी तन्त्रको भूमिका महत्वपूर्ण हुने बताए । भ्रष्टाचार, ढिलासुस्तीलगायत कारण जनतामा देखिएको निराशा चिर्न कर्मचारी वर्गले विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ९ : ४६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज