१३ माघ २०८१, आइतबार | January 26, 2025

राष्ट्रिय एकता मूल मन्त्र : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूलमन्त्र भएको बताएका छन् ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज आयोजना गरेको ‘राजनीतिमा प्रतिनिधित्व र पहुँच अभवृद्धिका लागि आदिवासी जनजाति महिला’ राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायको जीवनस्तर माथि उकास्न संविधानले सुनिश्चित गरेको मौलिक हकको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले आदिवासी जनजाति र सबै महिलाको अधिकार स्थापनाका लागि विशेष महत्व दिँदै आएको उल्लेख गरे । उनले हरेक जातिको उत्थान, सामाजिक न्याय र समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरे ।

प्रधानमन्त्री ओलीले पछाडि पारिएका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउँदै आदिवासी जनजातिलाई आफ्ना परम्परा, कला र संस्कृतिको संरक्षण गर्न आग्रह गरे ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ५ : ४१ बजे

विभिन्न कार्यक्रम गरी मनाइयो भारतको ७६औँ गणतन्त्र दिवस

काठमाडौँ । भारतको ७६औँ गणतन्त्र दिवस यहाँस्थित भारतीय दूतावासले विभिन्न

प्रादेशिक महोत्सव चौथो दिन : उद्यमशीलता र व्यवसाय प्रवर्द्धनमा भन्दा मनोरञ्जनमा केन्द्रीत

नेपालगन्ज । नेपालगन्जमा जारी प्रादेशिक महोत्सव उद्यमशीलता र व्यवसाय मैत्री

१ करोडको बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

प्रादेशिक महोत्सवमा पत्रकारमाथि दुर्व्यवहार नगर्न र समाचार संकलनको वातावरण बनाउन माग

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा

‘पत्रकारको पेसागत सुरक्षामा ध्यान दिइने’

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारको पेसागत