२४ भदौ २०८३, बुधबार | September 9, 2026

पोखराले काठमान्डुलाई दियो १३९ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमान्डु गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनायो । पोखराका लागि मध्यक्रमका ब्याट्सम्यान रेमोन रेइफरले अविजित ३० बलमा ४१ रन बनाए । उनले १ चौका र ३ छक्का प्रहार गरे । ओपनर दिनेश खरेलले २५ बल खेल्दै ६ चौका र १ छक्का मदतमा ३८ रन बनाए ।

काठमान्डुका लागि रासिद खान र करण केसीले समान ३ विकेट झारे। यसैगरी जेहार्ड इरासमस र माइकल लेविटले एक एक विकेट लिए।

शिर्ष ४ मा पुग्नका लागि पोखरा र काठमाडौंलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ११ : ०२ बजे

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान