३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

पत्रकार महासंघमा निर्वाचितलाई बुद्ध सामुदायिक टेलिभिजनमा सम्मान



बुटवल । नेपाल पत्रकार महासंघको अधिवेशनबाट निर्वाचित भएकालाई बुद्ध सामुदायिक टेलिभिजनले सम्मान गरेको छ । मंसिर २८ गते सम्पन्न महासंघको केन्द्र, प्रदेश र जिल्लामा विभिन्न पदमा निर्वाचित भएका पत्रकारलाई टेलिभिजनले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

टेलिभिजनका सल्लाहकार रामराज पोखरेल केन्द्रीय सदस्य, कार्यकारी प्रमुख कपिल ज्ञवाली प्रदेश पार्षद, समाचार संयोजक ललित कुमार पाण्डेय जिल्ला सदस्य पद र संबाददाता तथा समाचार बाचक छाया पन्त प्रदेश पार्षदमा निर्वाचित भएका हुन । यस्तै जिल्ला सदस्य पदमा संवाददाता कल्पना डुम्रे ज्ञवाली, दिनेश कुमार श्रेष्ठ, राम भण्डारी, रबिन्द्र गुप्ता र अनिता चौधरी निर्वाचित भएका हुन ।

सम्मान कार्यक्रममा बोल्दै टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले जुनसुकै संघ-संगठनमा आवद्ध भएर निर्वाचित भएपनि पत्रकारिता गर्दा निष्पक्ष हुनुपर्नेमा जोड दिए । उनले पत्रकारले निष्पक्ष भएर समुदायलाई केन्द्रमा राखेर पत्रकारिता गर्नको लागि सुझाव दिए ।

यस्तै नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य पदमा निर्वाचित तथा टेलिभिजनका सल्लाहकार रामराज पोखरेलले निर्वाचित हुनुभन्दा पनि कार्यकाललाई सफल राख्नु महत्वपूर्ण रहेको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष समेत रहेका उनले महासंघलाई साझा संस्थाको रुपमा स्थापित गर्दै नमुना शाखा बन्न सफल भएको दाबी गरे ।

यस्तै वरिष्ठ पत्रकार हरिश ढकालले अहिले निर्वाचित भएकाले पत्रकार महासंघ र पत्रकारिताको मर्यादा कायम राख्दै पत्रकारको हक-हित संरक्षणमा गम्भिर भएर लाग्नको लागि सुझाव दिए ।

यस्तै कार्यक्रममा टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवाली, सचिव जेबी गुरुङ, कार्यकारी प्रमुख कपिल ज्ञवाली लगायतले बोलेका थिए । कार्यकारी प्रमुख ज्ञवालीले बुद्ध सामुदायिक टेलिभिजनमा डेक्स र जिल्ला संवाददातामा आवद्ध भएका १७ जना पत्रकार नेपाल पत्रकार महासंघको अधिवेशनबाट निर्वाचित भएको जानकारी दिए ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ९ : ४६ बजे

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

काठमाडौं । जलवायु परिवर्तनका कारण हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद्का

नेप्से परिसूचक १० अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १०

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका

बन्दीपुर अस्पताललाई ४० लाख मूल्यका उपकरण प्रदान

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न संघसंस्था तथा

प्यारामाउण्ट बोर्डिङ स्कूलद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

बुटवल । रुपन्देहीको तिलोत्तमा-१ नयाँमिलस्थित प्यारामाउण्ट बोर्डिङ स्कूलले माध्यमिक शिक्षा