७ पुस २०८२, सोमबार | December 22, 2025

अन्य पार्टीसँग तत्काल एकताको सम्भावना छैन : एकीकृत समाजवादी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले तत्काल अन्य कम्युनिष्ट पार्टीसँग एकता नगर्ने भएको छ । पार्टीको जारी स्थायी कमिटी बैठकमा पारित गरिएको आगामी कार्ययोजनामा कार्यदिशा र सिद्धान्तमा एकरुपता नभएसम्म अन्य पार्टीसँग पनि एकताको सम्भावना नरहेको निष्कर्ष निकालिएको हो ।

बैठकमा पार्टी महासचिव घनश्याम भुसालद्वारा प्रस्तुत प्रस्ताव पारित गरिएको थियो । बैठकमा आगामी निर्वाचनमा देशैभरि पार्टीका उम्मेद्वार खडा गर्ने पार्टीको साङ्गठनिक सुदृढीकरण गर्ने निर्णय गरिएको छ । उनले आगामी कार्यक्रम तथा नीतिलगायत विषयमा प्रतिवेदन प्रस्तुत गरेका हुन ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा गत मङ्सिर २६ गतेदेखि जारी बैठकमा पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा नेताहरूले धारणा राख्ने क्रम सकिएको छ । पार्टीको सङ्गठन सुदृढीकरण गरी ‘पार्टी गाउँका जनतासँग’ भन्ने कार्यक्रम सञ्चालन गर्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा गठित कार्यदलले बैठकमा नेताहरूको कार्यविभाजन पेश गरेपछि बैठकले अनुमोदन गर्ने उपाध्यक्ष खतिवडाले जानकारी दिए । विगतमा विभिन्न जिम्मेवारीमा रहेर साङ्गठनिक कार्यसम्पादन तथा राजनीतिक गतिविधिमा योगदान गरेका सक्षम नेताहरूलाई विभाग, जनवर्गीय सङ्गठनका इन्चार्जको जिम्मेवारी प्रदान गर्ने तयारी छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्वस्थता कारण बैठकमा लिखित दस्तावेज प्रेसित गरेका थिए ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ९ : २३ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८