७ बैशाख २०८३, सोमबार | April 21, 2026

तिलोत्तमा पुस १० गतेदेखी मेयर कप टि-२० क्रिकेट प्रतियोगिता हुने



मणिग्राम । तिलोत्तमा नगरपालिकाको सहयोग र तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा तिलोत्तमा मेयर कप टि-२० क्रिकेट प्रतियोगिता २०८१ हुने भएको हुने भएको छ । नगरभित्र रहेका युवा प्रतिभाहरुलाई प्रस्फुटन गर्ने उदेश्यका साथ तिलोत्तमा नगरमा मेयर कप क्रिकेट प्रतियोगिता हुने भएको हो ।

एक समारोहका बिच नगर खेलकुद विकास समितिका संयोजक लोक पुनले पत्रकार सम्मेलन तथा टाईसिट सार्वजनिक गर्दै नगरबाट ग्रासरुट र प्रशिक्षणका धेरैभन्दा धेरै कार्यक्रम गर्ने तयारीमा रहेको बताए । हरेक जसो खेलकुद गतिविधि गर्दा वडास्तरबाट सहयोग हुने उनले बताउदै खेलमा लगानीबाट नै खेलाडी उत्पादनमा प्रोत्साहन हुने बताए ।

कार्यक्रममा खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले नेपाली क्रिकेटको विकासमा रुपन्देहीको महत्वपूर्ण भुमिका रहदै आएको बताए । स्थानियस्तरमा हुने खेल गतिविधि कै कारण युवा प्रतिभा प्रस्फुटन हुदै आएको उनले बताए ।

कार्यक्रममा तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष अर्जुन पराजुलीले प्रतियोगिता बारे प्रकाश पार्दै नगरभित्रका युवा खेलाडीहरुलाई प्लेटफर्म दिने गरि कार्यक्रम गर्न लागेको बताए । नगरमा रहेका युवा खेलाडीहरुलाई प्रोत्साहन हुने गरि प्रतियोगिता हुने उनले बताए । नगरपालिकाबाट ५ लाख रुपैया बजेट बिनियोजन गरिएको प्रतियोगितामा १० लाख रुपैया खर्च हुने उनले बताए ।

नगरका १७ वडाहरुको सहभागी रहने प्रतियोगितामा ड्युज बलबाट खेलाईने उनले बताए। प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विधागत रुपमा प्लेयर अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान, बलर र हरेक खेलमा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने उनले बताए । यसैगरि मनोरञ्जन हुने गरि जनप्रतिनिधि, पत्रकार, आयोजकहरुका बिचमा खेल खेलाईने उनले बताए ।

कार्यक्रममा समितिका उपाध्यक्ष कृष्ण भुषालले खेलाडीहरुलाई प्रोत्साहन हुने गरि ड्युज बलबाट खेलाईने भएको बताए । एउटा प्याकेज बनाएर नै हरेक वडाहरुलाई जानकारी गराएर प्राविधिक सहयोगको गर्न लागेको उनले बताए ।

कार्यक्रममा अन्तराष्ट्रिय एम्पायर राम पाण्डेय, समितिका सचिव मिलन भण्डारी, कोषाध्यक्ष दिपेश पाण्डेयले खेल विकासमा सरोकारवालाको सहयोग जरुरी रहेको बताए । नवजिवन खेल मैदानमा पुस १०-१७ गतेसम्म संचालन हुने प्रतियोगिताको तयारी तिब्र रहेको उनले बताए । प्रतियोगिताको पहिलो खेल वडा नं २ र ३ बिचमा खेल हुनेछ । दिउँसो अर्को खेल ११ र १७ का बिचमा हुने छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ७ : ११ बजे

अमेरिकी शान्ति वार्तामा सामेल हुने विषयमा अझै कुनै निर्णय भएको छैन : इरान

रासस/एएफपी । इरानले सोमबार अमेरिकासँग नयाँ चरणको शान्ति वार्तामा भाग

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ

पोशाक र पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयलाई कारबाही गरिने

काठमाडौं । सरकारले पोशाक तथा पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयहरुलाई कारवाही

गुल्मीमा सांसदसँग अन्तरक्रिया

गुल्मी । गुल्मीमा प्रतिनिधिसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुसँग एकीकृत

अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका