७ बैशाख २०८३, सोमबार | April 21, 2026

एनपीएल इलिमिनेटरमा कर्णाली र चितवन भिड्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार इलिमिनेटर खेल हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । अंक तालिकाको तेस्रो स्थानमा रहेको चितवन र चौथो स्थानको कर्णाली याक्सबीच इलिमिनेटरमा भिडन्त हुन लागेको हो ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली र कुशल मल्लको कप्तानीमा रहेको चितवनको खेलका विजेताले दोस्रो क्वालिफायर खेल्न पाउने छन् भने पराजित टिम प्रतियोगिताबाट बाहिरिनेछ ।

लिग चरणका सातमध्ये चार खेलमा जित र तीन हारसहित आठ अंक बनाएका चितवन र कर्णालीले तालिकाको तेस्रो र चौथो स्थानमा रहँदै इलिमिनेटरमा भेट पक्का गरेका हुन् ।

लिग चरणको भेटमा चितवनविरुद्ध कर्णालीले बाजी मारेको थियो । कर्णालीविरुद्ध सुरुमा ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा बनाएको १३१ रनको लक्ष्य कर्णालीले चार विकेटको क्षतिमा एक बल बाँकी हुँदा १३२ रन बनाएर पुरा गरेको थियो ।

कर्णालीका लागि भारतीय क्रिकेटर शिखर धवनले ४१ बलमा चार चौका र एक छक्काको सहयोगमा ४५ रन बनाएका थिए । यस्तै चाडविक वाल्टनले ३० र देव खनालले २९ रन जोड्दा जिसन मक्सुदले अविजित १२ र अर्जुन घर्तीले ११ रन बनाएका थिए । बलिङमा चितवनका कुशल मल्ल, रवि बोपारा र जान निकोल लफ्टी-इटनले एक एक विकेट लिएका थिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनाएको थियो ।

चितवनका लागि रबि बोपाराले ४० बलमा सात चौका र एक छक्काको सहयोगमा ५९ रन बनाउँदा कप्तान कुशल मल्लले २३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेका थिएनन् ।

बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिँदा जिसम मक्सुदले दुई तथा सोमपाल कामी र नन्दन यादवले एक एक विकेट हात पारेका थिए । रोचक त के छ भने लिगमा तीन खेल खेलेको कर्णालीले चितवनविरुद्ध पहिलो जित निकालेको थियो ।

यता, सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम र १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको जनकपुरको भिडन्त हुनेछ । यो खेल बुधबार दिउँसो १ बजे सुरु हुनेछ ।

चितवन र कर्णालीमध्ये एक टिम इलिमिनेटर प्रतिस्पर्धामा पराजित भएमा उपाधि होडबाट बाहिरिनेछन् । विजयी टिमले भने पहिलो क्वालिफायरमा पराजित टिमसँग दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ ।

दोस्रो क्वालिफायर बिहीबार दिउँसो १२ः १५ बजे सुरु हुनेछ । दोस्रो क्वालिफायरमा पराजित हुने टोली उपाधि होडबाट बाहिरिनेछ भने विजयी टिमले पहिलो क्वालिफयारमा विजयी हुने टोलीसँग फाइनलमा उपाधि भिडन्त गर्न पुग्नेछ । नेपालको किक्रेट उत्सावका रुपमा हेरिएको एनपीएलको फाइनल खेल शनिबार दिउँसो १२ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

विभिन्न देशका ४० भन्दाबढी चर्चित खेलाडीको आगमनले थप चर्चा पाएको एनपीएलको विजेता टोलीले एक करोड १० लाख रुपियाँ पुरस्कार पाउनेछ । उपविजेतालाई ५१ लाख, तेस्रोलाई २५ लाख र चौथोलाई १५ लाख रुपियाँ पुरस्कार दिने निर्णय क्यानले गरेको छ । एनपिएलको उत्कृष्ट खेलाडीले करिव ६२ लाख रुपियाँको ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पाउनेछन् ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ७ : ४३ बजे

अमेरिकी शान्ति वार्तामा सामेल हुने विषयमा अझै कुनै निर्णय भएको छैन : इरान

रासस/एएफपी । इरानले सोमबार अमेरिकासँग नयाँ चरणको शान्ति वार्तामा भाग

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ

पोशाक र पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयलाई कारबाही गरिने

काठमाडौं । सरकारले पोशाक तथा पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयहरुलाई कारवाही

गुल्मीमा सांसदसँग अन्तरक्रिया

गुल्मी । गुल्मीमा प्रतिनिधिसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुसँग एकीकृत

अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका