१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

संघीय संसदका ४ वटा समितिको बैठक बस्दैँ



काठमाडौं । संघीय संसद अन्तर्गतका चारवटा संसदीय समितिका बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार चारवटै समितिको बैठक सिंहदरवारस्थित सचिवालय भवनमा बस्नेछ ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै अजेन्डा सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता छलफल हुनेछ । जुन बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।

संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भने बिद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ । जसका लागि बिहान ९ः०० बजे बैठक आब्हान गरिएको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आज पनि राष्‍ट्रिय निकुञ्‍जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः ३० बजेबाट सुरु हुने सचिवालयले जनाएको छ ।

साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भने बिभिन्न स्थलगत अनुगमन प्रतिवेदनहरू सम्बन्धमा छलफल गरिनेछ । जुन बैठक ११ः०० बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ८ : १२ बजे

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

बुटवल । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र