१९ माघ २०८२, सोमबार | February 3, 2026

सरकारका कमजोरीलाई रचानात्मक खबरदारी गर्नुहोस् : मुख्यमन्त्री कंडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले सरकारलाई कमजोरीलाई रचानात्मक हिसाबले खबरदारी गर्न आग्रह गरेका छन् । नव निर्वाचित नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश तथा जिल्ला नेतृत्वलाई बधाई तथा शुभकामना दिदै मुख्यमन्त्री कंडेलले मिडियाले गर्ने रचनात्मक आलोचनालाई सरकारले सहर्ष ग्रहण गर्ने बताए ।

मिडियाबाट हुने स्वस्थ्य आलोचनाले सरकारलाई सही गन्तव्य पुग्न सहज हुने र सरकार सही दिसा हिडने मुख्यमन्त्री कंडेलको धारणा थियो । प्रेस सधैं रचनात्मक प्रतिपक्षको भूमिकामा रहने भएकोले सरकारका कमजोरीलाई खवरदारी गर्न मुख्यमन्त्रीलाई आग्रह गरे । उनले भने, “तपाईहरुको रचनात्मक र स्वस्थ्य खवरदारीले सरकारलाई सहयोग नै पुग्छ।” मिडियाबाट सकारात्मक मात्रै अपेक्षा राख्नु स्वाभाविकै भएपनि मिडियाबाट आफूले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन सकारात्मक मात्रै नभएर तथ्यसहितको रचनात्मक भूमिकाको अपेक्षा राखेको पनि मुख्यमन्त्री कंडेलले सो अवसरमा जानकारी दिए । मिडियाले प्रश्न उठाउनासाथ त्यसलाई विरोधको रुपम बुभ्न नहुने पनि मुख्यन्त्री कंडेलको धारणा थियो ।

सरकारका कमीकमजोरीहरु र ध्यान नदिएका विषयहरुमा मिडियाको स्वस्थ्य र रचानात्मक खबरदारी सरकारको लागि मार्गदर्शन हुने बताउदै उनले मिडियाको खवरदाबारीले थप सरकार प्रभावकारी बन्ने बताए । मुख्यमन्त्री कंडेलले भने “तपाईहरुको रचनात्मक खवरदारी सरकारको लागि मार्गदर्शन हुन्छ, टिप्पणी आयो भनेर सरकारले अन्यथा मान्दैन र लिर्दैन । ”

कार्यक्रममा मुख्यमन्त्री कंडेलले आम संचार बिधयेक काम अगाडी बढाइएकोले त्यसमा महासंघको तर्फवाट सुझाव दिन समेत पत्रकारहरुलाई आग्रह गरे । संचार क्षेत्रको विकास र प्रर्बद्धनमा प्रदेश सरकारले आफनो क्षमता अनुसारका लोककल्याण्कारी विज्ञापन, पत्रकारको स्वास्थ्य तथा उपकरण बीमा र पत्रकारको क्षमता अभिबृद्धि जस्ता कार्यक्रम ल्याएको र त्यसलाई प्रभावकारी संचालनको लागि महासंघले सहजीकरण गर्न मुख्यमन्त्री कंडेलले सुझाव दिए ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ८ : ५९ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली