११ असार २०८३, बिहिबार | June 26, 2026

डुडुवा गाउँपालिकाले वैकुण्ठधाम सिधनियाघाटको अपनत्व ग्रहण गर्ने



नेपालगन्ज । वैकुण्ठधाम सिधनियाघाट निर्माणमा डुडुवा गाउँपालिकाले आपनत्व लिने भएको छ । गाउँपालिकामा आज भएको छलफल कार्यक्रममा गाउँपालिकाले सिधनियाघाट निर्माण र जग्गा प्राप्ती कार्यमा अपनत्व प्रदान गर्ने प्रतिबद्धता जनाएको हो ।

छलफल कार्यक्रममा बोल्दै डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले सुरुका दिनहरुमा वैकुण्ठधाम सिधनियाघाट प्रति केही भ्रमहरु भएपनि पछिल्लो दिनमा सबै भ्रमहरु मेटिएको बताए । उनले वैकुण्ठधाम सिधनियाघाट एक पवित्र कार्य भएका कारण स्थानीय सरकार अभिभाकत्व र अपनत्व दिन तयार रहेको बताए ।

उनले घाट निर्माणमा जग्गा प्राप्ती मुख्य विषय भएको उल्लेख गर्दै जग्गा प्राप्तीका बिभिन्न विकल्पहरु भएको बताए । पहिलो प्राथमिकता स्थानीयबासीलाई दाहसंस्कार स्थलको महत्व बुझाएर कम मूल्यमा जग्गा खरिद गर्नु भएको बताउँदै उनले दो्िरो विकल्पमा जग्गा भोगाधिकार समितिबाट निर्णय गराएर अधिकरण गर्न सकिने विकल्प रहेको स्पष्ट पारे । उनले घाट निर्माणका लागि पालिकाबाट पूर्ण पहलकदमी लिइने जानकारी दिए । ‘सिधनियाघाटका अध्यक्ष डा. कनोडियाले मलाई खुलस्त सबै कुरा राखेपछि घाट निर्माणमा म सकारात्मक भएं,’ उनले भने, ‘गाउँपालिकाले सिधनियाघाट बनाउन पुरा सहयोग गर्छ ।’

वैकुण्ठधाम सिधनिणघाटका अध्यक्ष डा. सुरेश कुमार कनोडियाले सिद्दनियाघाट निर्माणमा आफु र संस्थाको कुनै स्वार्थ नरहेको स्पष्ट पारे । उनले आफुहरुले समन्वयमात्र गर्न खोजेको जनाउँदै त्यसको सम्पूर्ण स्वामित्व स्थानीय सरकारकै हुने बताए । स्थानीय सरकारलाई आफुहरुले सघाउने बताउँदै उनले स्थानीय सरकारकै अभिभाकत्वमा वैकुण्ठधाम सिधनियाघाटको निर्माण, संचालन र व्ष्वस्थापन हुने बताए । केही जग्गाको संस्थाले सुनिश्चितता गरिसकेको भएपनि नपुग जग्गा प्राप्तीमा सबैको सकारात्मक पहलकदमीका लागि उनले आग्रह गरे ।

छलफल कार्यक्रममा वैकुण्ठधाम सिधनियाघाटको परिकल्पनाकार संस्था मर्निङवाक ग्रुपका तर्फबाट डा. बद्री चापागाईंले वैकुण्ठधाम सिधनियाघाटको हालसम्मको प्रगति र कार्ययोजनाको खाका प्रस्तुत गरेका थिए । खाका प्रस्तुत गर्दै उनले ािमान्य मर्निङवाक समुहले परिकल्पना गरेपनि अव वैकुण्ठधाम सिधनियाघाट सबैको साझा सम्पत्ती भएको बताए ।

वैकुण्ठधाम सिधनियाघाटका महासचिव श्रीराम सिग्देलले सहजिकरण गरेको कार्यक्रममा राजनीतिककर्मी ललित रौनियार, संघीय आयोजना कार्यान्वयन इकाईका इन्जिनीयर श्यामकुमार नेगी, हुलाकी सडक आयोजनाका इन्जिनीयर रमेशकुमार गुप्ता लगायतले सिधनियाघाट निर्माणका विषयमा सुझाव दिएका थिए ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ९ : २६ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा