४ चैत्र २०८२, बुधबार | March 18, 2026

माछा मार्ने विस्फोटक पदार्थ बनाउनेक्रममा एकजनाको ज्यान गयो



बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–२ बुढा चटकमा माछा मार्नका लागि विस्फोटक पदार्थ बनाउने क्रममा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ वर्षका सुरज सोमै रहेका छन् ।

सलाईको काँटीबाट माछा मार्नका लागि विस्फोटक पदार्थ बनाउने क्रममा विस्फोट हुन गई सोही ठाउँका २८ वर्षका सुरज सोमै गम्भीर घाइते भएकोमा उपचारको क्रममा बुटवलमा उनको मृत्यु भएको हो । सोही घटनामा विस्फोटबाट दुई जना घाइते भएका छन् ।

घटनामा परि घाइते हुनेहरुमा रुपन्देही तिलोत्तमा नगरपालिका ४ डिङ्गानगरका २१ वर्षीय कोसिस भुजेल र २८ वर्षीय कुशल भुजेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घाइते दुई जनाको बुटवलमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लले बताए ।

 

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  १० : ४६ बजे

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी