२० मंसिर २०८२, शनिबार | December 7, 2025

थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ



धनगढी । थुनामुक्त गरिदिने भन्दै कैलालीमा साढे ३९ हजार भारु घुस खाने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार साँझ घुस लिने तीन जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका–१ बाट लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका एक जना थुनुवालाई थुनामुक्त गरादिन्छु भन्दै थुनुवाका परिवारका सदस्यबाट ३९ हजार ५ सय भारु लिने व्यक्ति पक्राउ परेका हुन्।

गौरीगंगा नगरपालिका–७ का २९ वर्षीय रुपक साउँद, सोही स्थानका २२ वर्षीय रमेश साउँद १९ वर्षीय हर्क साउँदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता एवं प्रहरी निरीक्षक दर्शन खड्काले बताए। उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १ : ५८ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल