२४ भदौ २०८३, बुधबार | September 9, 2026

सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको चुनौती



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल_को फाइनल खेल जारी छ ।

टस जितेको सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई रनको चुनौती पेश गरेको छ । निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै सुदूरपश्चिमले १८५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

सुदूरपश्चिमका लागि सैफ अली जैबले सर्वाधिक ६९ रन बनाए । ओपनर जैबले ४३ बल खेल्दै ८ चौका र २ छक्का म२तमा ६९ रन बनाएका हुन् । अर्का ओपनर विनोद भण्डारीले ४१ रन जोडे ।

बलिङमा जनकपुरका किशोर महतो र मोहम्मद मोहसिनले समान ३/३ विकेट लिए ।

फाइनल खेल हेर्न पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जनकपुरलाई पहिले बलिङको निम्तो दिएका थिए ।

एनपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० लाख प्राप्त गर्नेछ । साथै तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  २ : १० बजे

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै