२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

एनपिएल विजेतालाई अध्यक्ष प्रचण्डको बधाई



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् ।

अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत विजेता जनकपुर बोल्ट्सका साथै उपविजेता सुदूरपश्चिम रोयल्सलाई पनि बधाई ज्ञापन गरेका हुन् । उनले उक्त खेलले नेपाली खेलाडीको क्षमता विकासमा सहयोग पुगेको बताए ।

अध्यक्ष प्रचण्डले भनेका छन्, “एनपिएल पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई हार्दिक बधाई । प्रतियोगिताको उपविजेता सुदूरपश्चिम रोयल्सलाई पनि बधाई ज्ञापन गर्दछु । नेपाली क्रिकेटको महापर्व एनपिएल भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । यसले नेपाली खेलाडीको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गरेको छ । प्रतियोगितामा सहभागी सबै समूह, आयोजक, व्यवस्थापक, खेलप्रेमी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ७ : ०३ बजे

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

राँझा । यहाँको डुडुवा गाउँपालिका-५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको

दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

गलकोट । एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौं । सरकार र जेनजीबीच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई

आज अन्तरराष्ट्रिय पर्वत दिवस

काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव,