६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

अमेरिकामा १० वर्षकै ठूलो हिमपात, ७ राज्यमा उच्च सतर्कता



न्युयोर्क । अमेरिकामा आइतबार देखी आएको भिषण हिम आँधीका कारण धेरै राज्यमा उच्च सतर्कता घोषणा गरिएको छ । यो पछिल्लो १० वर्षको सबैभन्दा खराब हिम तूफान हुनसक्ने अनुमान गरिएकाले ७ राज्यमा उच्च सतर्कता घोषणा गरिएको हो ।

जसअनुसार अमेरिकाले उच्च सर्तकता घोषणा गरेका ७ वटा राज्यहरूमा केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास र मिसौरीमा रहेका छन ।

अमेरिकाको राष्ट्रिय मौसम विभागले यो आँधीले अमेरिकाका ६ करोडभन्दा बढी मानिसको जनजीवन प्रत्यक्ष रूपमा प्रभावित पार्न सक्ने जनाइएको छ । यतिखेर सामान्यतया न्यानो मौसम हुने फ्लोरिडामा पनि भारी हिमपात भइरहेको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार कन्सास र मिसौरी राज्यका लागि विशेष चेतावनी जारी गरिएको छ । राष्ट्रिय मौसम बिभागका अनुसार यी दुई राज्यका धेरै क्षेत्रमा ८ इन्चसम्म हिमपात हुनसक्ने देखिएको छ भने अहिले पनि यहाँ ७२ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ ।

ध्रुवीय भोर्टेक्स नै अमेरिकामा भइरहेको यो हिम तूफानको मुख्य कारण मानिन्छ । ध्रुवीय भोर्टेक्सहरू घडीको उल्टो दिशामा बग्छन् । ध्रुवीय भोर्टेक्स र यसको भौगोलिक संरचनाको कारण सामान्यतया उत्तरी ध्रुव वरिपरि घुमिरहन्छ । तर जब यो दक्षिणतिर सर्छ तब यसले अमेरिका, युरोप र एसियामा कडा चिसो ल्याउन सुरू गर्छ ।

अहिले अमेरिकामा पनि भइरहेको हो । मौसम विज्ञहरूका अनुसार यी ध्रुवीय हावाले युरोप र एसियामा पनि उड्ने भएकाले सो क्षेत्रमा पनि चिसो बढने र हिमपात हुने जनाएका छन ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ११ : ३९ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का