७ श्रावण २०८३, बिहिबार | July 23, 2026

पूर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन लागेकामा बाबुरामको असहमति



काठमाडौं । पूर्व राष्ट्रपति र उपराष्ट्रपति दलीय राजनीतिमा फर्किन थाले पछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले प्रश्न उठाएका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराइले संबिधानको मुल मर्म बिपरित पूर्व राष्ट्रपति र उप राष्ट्रपति राजनीतिमा आउनु सुखद सन्देश नभएको बताएका हुन् ।

‘पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति आआफ्नै पूर्व पार्टीमा फर्केर क्रियाशील हुने कुरा वहाँहरू र वहाँहरूको पार्टीको मात्र सरोकारको विषय हैन, यो हामीले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक  प्रणाली र संविधानको मूल अन्तरवस्तुको रक्षा र विकासको विषय हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘साथै वहाँहरू दुवै ‘कम्युनिष्ट’ पृष्ठभूमिबाट आउनु भएकाले  वहाँहरू र वहाँहरूका पूर्व पार्टीहरू परम्परागत रूपमा पार्टी र राज्यलाई एउटै मान्ने एक दलीय प्रणालीका पक्षधर हुन् कि हाम्रै विशेषताको बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई अंगिकार गर्ने राजनीतिक शक्ति हुन् भन्ने परीक्षण गर्ने महत्वपूर्ण कसौटी पनि हो, त्यसैले यसवारे सम्बन्धित सबैको गम्भीर ध्यान पुगोस्।’

पछिल्लो समयमा पूर्व उपराष्ट्रपति नन्द किशोर पुन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी र केन्द्रिय समितिको बैठकमा उपस्थित हुन थालेका छन् भने पुर्व राष्ट्रपति बिद्यादेवी भण्डारी पनि सक्रिय राजनीतिमा फर्कने चर्चाका बीचमा भट्टराइको यो टिप्पणी आएको हो ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ९ : १५ बजे

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा