५ श्रावण २०८३, मंगलबार | July 22, 2026

एशियन थाई फूड्स र बुटवलको एडमन सिटी हस्पिटलबीच समझदारी



बुटवल । एशियन थाई फूड्स र बुटवलको एडमन सिटी हस्पिटलबीच उपचार सेवामा छुट सम्बन्धी समझदारी पत्रमा मँगलबार हस्तारक्षर भएको छ । सहमती अनुसार हस्पिटलमा एशियन थाई फूड्सका कर्मचारी, डिलर सदस्य तथा त्यहाँ कार्यरत कर्मचारीले उपचारमा ५० प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्ने भएका छन् ।

एडमन सिटी हस्पिटलमा एक औपचारिक कार्यक्रमका बीच हस्पिटलका अध्यक्ष प्रकाश राना र एशियन फूड्सका मार्केटिङ शेल्स म्यानेजर दिपक बास्तोलाले हस्ताक्षर गरे । सहमति अनुसार अस्पतालमा परिचयपत्रका आधारमा तथा एशियन थाइ फूड्सको सिफारिसका आधारमा उपचार गराउन आउने बिरामीले ५० प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्ने छन् ।

उक्त संस्थामा साविक लुम्बिनी र राप्ती अञ्चलगरी १ हजार बढी सदस्य रहेको सेल्स म्यानेजर बास्तोलाले बताए । समझदारीले आफ्ना सदस्यहरुको उपचार सेवामा ठूलो महत्व राख्ने बताउँदै उनले व्यवसायिक सहकार्यमा समेत सफलता मिल्ने विश्वास व्यक्त गरे । एशियन फूड्सका उत्पादनहरु टु-पीएम पिरो चाउचाउ, प्रिती चाउचाउ, रमपम चाउ तथा टु-पीएमका स्न्याक्सहरु बजारमा प्रचलित रहेका छन् ।

हस्पिटलमा अध्यक्ष रानाले स्वास्थ्य सेवालाई बिस्तार तथा व्यवसायिक समृद्धिका लागि दुबै संस्थालाई यो सम्झौताले ठूलो सहयोग पुर्याउने उल्लेख गरे । २२ जना विशेषज्ञ डाक्टर तथा १२ जना मेडिकल अफिसरसहित १४६ जना जनशक्ति रहेको अस्पतालमा विशेष गरी न्यूरो र ट्रमा सेवाले परिचित भएको अध्यक्ष रानाले उल्लेख गरे । कोभिड महामारीको समयमा समेत विरामीको उपचारमा हस्पिटलले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै हस्पिटलमा निकट भविष्यमै सामाजिक सुरक्षा कोष अन्तरगत कार्यक्रम पनि लागू गरी जनतालाई सहुलीयत दरमा उपचार सेवा उपलब्ध गराउने योजना रहेको उल्लेख गरे ।

हस्पिटलले भारत सरकारसँग सहमती गरी वार्षि ३० हजार बढी भूतपूर्व सैनिकहरुलाई निःशुल्क सेवा उपलब्ध गराउँदै विदेशीने रकम नेपालमै ल्याउन सफल भएको समेत अध्यक्ष रानाले उल्लेख गरे । १० वटा आइसियू बेडसहितको यस हस्पिटलमा काठमाडौं बाहिर पहिलो प्रविधिको रुपमा न्यूरो सर्जरी सेवाका लागि उपकरण ल्याउने तयारी भैरहेको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ४ : २० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं