१ बैशाख २०८३, मंगलबार | April 14, 2026

‘प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे कारबाही’



काठमाडौँ । प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री वितरण गरेको पाइए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले कारबाही गर्ने भएको छ ।

विभागले औषधिपुरक सामग्री बिक्री वितरणसम्बन्धी सूचना जारी गर्दै विभागमा दर्ता नभएका र नेपाल सरकारबाट प्रतिबन्धित औषधि बिक्री वितरण भइरहेको पाइएकाले यस्ता औषधि बिक्री वितरण अविलम्ब रोक्न आग्रह गरेको हो । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागको स्वीकृतिविना आयात भएका यस प्रकारका औषधिको सुरक्षा, गुणस्तरीयता र मूल्य सार्थकता एकिन नहुने हुँदा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम सृजना भएको बताए ।

विभागमा दर्ता भएका औषधिसँगको सक्रिय तत्व र ‘ब्रान्ड’सँग दुरुश्त मिल्दोजुल्दो हुने र देखिने गरी न्युट्रास्युटिकल्स तथा सौन्दर्य प्रशोधनका नाममा विभागमा दर्ता नै नगरी आयात गरी औषधि पसलमार्फत उपलब्ध गराउँदा चिकित्सक तथा स्वास्थ्यकर्मी र बिरामीमा भ्रम सृजना भएको विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

फर्माको पियामा (औषधीको आधिकारिक विवरण भएको पुस्तिका) मा उल्लेख भएका र उपचारमा प्रयोग हुने भिटामिन तथा खनिज मिश्रित फर्मास्युटिकल वनावट (ट्याब्लेट, क्याप्सुल, झोलहरु) का औषधि न्युट्रास्युटिकल्सका नाममा र औषधि मिश्रित मलहम, क्रिमहरु, सौन्दर्य प्रशाधन सामग्रीका नाममा आयात गरी बिक्री वितरण भइरहेको गुनासो आएकामा बजार अनुगमन तथा निरीक्षण गर्दा विभागमा दर्ता नभएका ती औषधि चिकित्सकको सिफारिसमा पूर्जामार्फत औषधि पसलबाट बिक्री वितरण भइरहेको पाइएको सूचनामा उल्लेख छ ।

सूचनाको अवज्ञा गरी त्यस्ता उत्पादनहरु निरीक्षणको क्रममा बिक्री वितरण गरेको पाइएमा कानुनअनुसार जफत तथा औषधि ऐन, २०३५ बमोजिम कारबाही गरिने विभागले जनाएको छ । औषधि ऐन, २०३५ र सो अन्तर्गत बनेका नियमावली अनुसार औषधि बिक्री वितरण गर्न प्रमाणपत्र लिएको व्यक्तिले ऐनको दफा ८ (क) बमोजिम विभागमा दर्ता रहेको औषधि मात्र बिक्री–वितरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ७ : ०८ बजे

बेनीको महारानीथान धार्मिक पर्यटकीय स्थलका रूपमा विकास

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको महारानीथान नयाँ धार्मिक

सृजना जलेर मृत्यु प्रकरण : थप २ जना पक्राउ

नेपालगन्ज । गत चैत्र १४ गते नेपालगन्जमा जलेर मृत्यु भएकी

यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८२ समग्रमा सुखद

गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन, १५ दिनमा सम्पन्न हुँदै सडक निर्माण

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका

२०८२ सालको खेलकुदलाई फर्केर हेर्दा

काठमाडौँ । २०८२ सालमा नेपालको खेलकुद गतिविधि उपलब्धिका हिसाबले समग्रमा