७ श्रावण २०८३, बिहिबार | July 23, 2026

रवि लामिछाने पुनः प्रहरी हिरासतमा, बयान सकिए पनि थुनछेक बहस भएन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले हिरासत पठाएको छ ।

सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका लामिछानेको बयान सकिएपछि जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीले प्रहरीको जिम्मा लगाएका हुन् ।

बयान सकिएपछि इजसालसमा रविका कानूनव्यवसायी र न्यायाधीशबीच हिरासतमा पठाउने या परिवार या कानूनव्यवसायीको जिम्मा लगाउने विषयमा सवाल जवाफ चलेको थियो । लामिछानेले समेत आफू अदालत हाजिर भएकोले परिवारको जिम्मा लगाउन आग्रह गरेका थिए। तर न्यायाधीशले उनको कुरा सुनेनन् । त्यसलगत्तै लामिछानेले ‘श्रीमानको आदेश ससम्मान स्वीकार गर्छु’ भनेका थिए ।

बयान सकिए पनि थुनछेक बहस सुरु नभएपछि उनलाई अदालतले प्रहरीको जिम्मा लगाएको हो । सरकारी वकिलले बयान पढ्न समय मागेपछि थुनछेक बहस हुन नसकेको हो । अब प्रहरीले उनलाई भोलि सोमबार अदालतमा उपस्थित गराउनेछ ।

यसअघि लामिछाने ८४ दिनपछि पोखरा प्रहरीको हिरासतबाट रिहा भएका थिए ।

 

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ४ : २० बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ