२० मंसिर २०८२, शनिबार | December 6, 2025

सुक्खा बन्दरगाह भन्सार : छ महिनाको अवधिमा राजस्व सङ्कलन घट्यो



वीरगञ्ज । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सकेको हो ।

गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयको राजस्व सङ्कलन रु एक अर्ब ४५ करोड ४१ लाख ७९ हजारले कमी आएको छ । कार्यालयले चालु आवको साउन महिनामा रु तीन अर्ब ७५ करोड २२ लाख राजस्व सङ्कलन ग¥यो । त्यस्तै भदौ महिनामा रु चार अर्ब ६४ करोड ३० लाख, असोज महिनामा रु चार अर्ब ३६ करोड ४५ लाख, त्यस्तै कात्तिक महिनामा रु तीन अर्ब ७९ करोड २९ लाख राजस्व सङ्कलन गरेको थियो ।

त्यस्तै मङ्सिर महिनामा रु तीन अर्ब २२ करोड ८४ लाख र पुस महिनामा रु तीन अर्ब ५६ करोड २१ लाख राजस्व सङ्कलन गरेको थियो । कार्यालयले गत आवको छ महिनाको अवधिमा भने रु २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार राजस्व सङ्कलन भएको थियो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  १० : ४४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय