१ पुस २०८२, मंगलबार | December 16, 2025

चिनियाँ डाक्टरहरूद्वारा सञ्चार उपग्रहको सहयोगमा विश्वकै पहिलो अल्ट्रा-रिमोट सर्जरी सम्पन्न



बेइजिङ। बेइजिङ। चिनियाँ डाक्टरहरूले तिब्बतमा बस्ने कलेजो क्यान्सरका एक बिरामीमाथि विश्वकै पहिलो अल्ट्रा–रिमोट सर्जरी (शल्यक्रिया) सफलतापूर्वक सम्पन्न गरेका छन्। यो शल्यक्रिया चीनको सञ्चार उपग्रहको सहयोगमा सम्पन्न गरिएको हो।

चीनको पिपुल्स लिबरेशन आर्मी जनरल अस्पतालका डाक्टरहरूले एपस्टार–६डी ब्रोडब्यान्ड उपग्रहको सहयोगमा तिब्बत, युनान र हाइनानका पाँच बिरामीको शल्यक्रिया गरेका हुन्।

यी अपरेशनमा कलेजो, पित्त थैली र प्यान्क्रियाजका रोगहरूको उपचार गरिएको थियो। यी सबै अपरेशनहरू चीनको स्वदेशी सर्जिकल रोबोटिक प्रणालीको सहयोगमा गरिएको जनाइएको छ । सो शल्यक्रिया पछि बिरामी पूर्ण रूपमा निको भएर भोलिपल्टै अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

शल्यक्रियाको क्रममा डाटा स्थानान्तरणले १,५०,००० किलोमिटरको दूरी कभर गरेको थियो, जुन चिकित्सा इतिहासमा पहिलो हो। चीनको यो स्याटेलाइट शल्यक्रिया प्रणालीले हिमाली र जलडमरू क्षेत्रमा सफलतापूर्वक जटिल अपरेशनहरू गर्न सक्षम छ भन्ने देखाएको छ ।

यो प्रविधिले युद्ध क्षेत्र र दुर्गम क्षेत्रहरूमा घाइते सैनिक र नागरिकहरूको उपचारमा क्रान्ति ल्याउन सक्छ। सन २०२० मा लन्च भएको एप स्टार–६डी ले १५ वर्षको आयुमा प्रति सेकेन्ड ५० जीबी डाटा ट्रान्सफर गर्न सक्छ।

यसले एशिया प्रशान्त क्षेत्र, समुद्री मार्गहरू र पृथ्वीको सतहको एक तिहाइ भाग समेट्छ। यस स्याटेलाइटको सहयोगमा विश्वभर २४ सै घण्टा चिकित्सा सेवा प्रदान गर्ने दिशामा यो ठूलो फड्को मानिँदै आएको छ । चीनको यो सफलता चिकित्सा क्षेत्रमा मात्र नभई सूचना प्रविधिको क्षेत्रमा पनि ठूलो उपलब्धि हो। यो प्रविधिले भविष्यमा खतरनाक चोटपटक र जटिल अपरेशनहरूको उपचार गर्न सजिलो बनाउन सक्छ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ९ : २३ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष