२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

इन्टलेक्च्युअल स्कुलमा खेल सप्ताह सम्पन्न



बुटवल । बुटवल-११ कालिकानगर भुवनसिङमार्गमा रहेको इन्टलेक्च्युअल स्कुलमा आइतबार खेलकुद सप्ताह सम्पन्न भएको छ ।

गत बुधबारदेखि शुरु भएको खेल सप्ताह आइतबार सम्पन्न गरिएको हो । खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजित खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा विद्यार्थीहरुलाई विभाजन गरि प्रतियोगिता गराईएको थियो ।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने खेलकुद कार्यक्रममा भलिवल, कबड्डी, फुटसल, रीले दौड सटपट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड, बास्केटबल, खो खो लागायतका खेलहरूमा प्रतिस्पर्धा गराइएको थियो । खेल सप्ताहको समापनमा खेलमा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

पुरस्कार स्कूल सञ्चालक समितिका पुर्व अध्यक्ष डिल्लीराज अर्याल, सस्थापक संचालक रामराज पोख्रेल, संचालक जिवाखर अर्याल माध्यमिक तह सम्योजक छन्त बहादुर पान्डेयले वितरण गरेका थिए ।

समापन कार्यक्रममा अतिरिक्त क्रियाकलाप संयोजक सुबास भण्डारीको अध्यक्षता र कोर्डिनेटर माया पौडेलको संचालनमा सप्पन्न भएको थियो ।

 

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ५ : २४ बजे

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

दाङ । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन

रुपन्देहीको फर्साटिकरमा भोलीदेखी दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु हुँदै

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा भोली मंसिर २४ गतेदेखि

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा