२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

समाज कल्याण र सेवाका लागि समर्पण जरुरी छ : मुख्यमन्त्री आचार्य



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको उद्घाटन गरेका छन ।

तिलाेत्तमा नगरपालिका-५ मा मानव सेवा आश्रमले आयाेजना गरेकाे महायज्ञकाे उद्घाटन गर्दै समाजकल्याणका लागि महायज्ञ गर्न थालिएकोमा खुसी व्यक्त गरे । मानवसेवा, विकास र उन्नतिको लागि महायज्ञको माध्यमबाट योगदान गरिएको प्रति मुख्यमन्त्री आचार्यले प्रशंसा व्यक्त गरे । प्रदेश सरकारले मानवसेवा आश्रममा आश्रित व्यक्तिहरुकाे स्वास्थ्य उपचारका लागि प्रदेश सरकारले स्वास्थ्यकर्मिकाे व्यवस्था गर्ने प्रतिबद्धता जनाए । `याे धर्तिमा जति सम्म रहन्छौं, सेवामा समर्पित हुनुपर्छ´उनले भने- `हाम्राे समाज, हाम्रो परम्पराले पनि आम्दानीको दश प्रतिशत रकम सेवाको निम्ति दान गर्नु भनेकाे छ । त्यहीँ भएर यस्ता पवित्र काममा मन फुकाएर, मुठ्ठी फुकाएर दान गर्न जरुरी छ । ´रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५, पहुनीमा निर्माणाधीन आश्रमको भवनलाई पूर्णता दिनका लागि आयोजना गरिएको महायज्ञमा ३ करोडभन्दा बढी आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ । उद्घाटन कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, उद्योगी, व्यवसायी, सामाजिक अभियानकर्मि लगायतकाे उपस्थिति थियाे ।

सात दिन सम्म चल्ने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहेका छन । सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरूको सामूहिक उपस्थिति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका कार्यक्रम राखिएका छन् । महायज्ञमा बिहान हरेक दिन ५ बजेदेखि ७ बजेसम्म योग समेत सञ्चालन गरिने छ । महायज्ञबाट संकलित रकमबाट अक्षकोष वृद्धि गर्ने लक्ष्य समेत राखिएको छ ।

०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म देशभरका १० हजार ६ सय ८९ जना भन्दा बढी सहयोगापेक्षी सडक मानवको उद्धार गरी व्यवस्थापन गराइसकेको छ । आश्रमले सातवटै प्रदेशमा गरी २० जिल्लामा २४ वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ । मानव सेवा आश्रमले ०८२ सालभित्र नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने तयारी गरेको छ ।

उक्त अवधिसम्म देशभर खुला आकाशमुनी रात बिताउन बाध्य बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरूको मानवोचित व्यवस्थापन गरिने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ५६ बजे

जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

जुम्ला । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा

पश्चिम बंगालमा बीजेपी नेताका निजी सहायकको गोली हानी हत्या

काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) नेता

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सूचना