२१ भदौ २०८३, आइतबार | September 7, 2026

सर्वसाधारण नागरिकमाथि कुटपिटमा संलग्न प्रहरीलाई कारबाही : नेपाल प्रहरी



काठमाडौँ । चितवनमा एक युवकलाई प्रहरीले कुटपिट गरेको घटनामा सङ्लग्न प्रहरीलाई प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेशकुमार आचार्यले भरतपुर महानगरपालिका–११ बसेनी चोकमा गस्ती गर्ने क्रममा एक युवकलाई प्रहरीले कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको सन्दर्भमा प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको र संलग्नलाई आवश्यक कारबाहीका लागि निर्देशन भइसकेको जानकारी दिए ।

आजै जिल्ला प्रहरी कार्यालय, चितवनले छानबिन समिति गठन गरी घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकेको जनाइएको छ ।

अस्थायी प्रहरी विट गणेशधामका प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ती भुजेल उक्त घटनामा संलग्न देखिएकाले उनलाई निलम्बन गरी कारबाही थालिएको जिल्ला प्रहरी चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

चितवन प्रहरीले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति समेत गठन गरेको छ । सवारी चेकजाँचको क्रममा युवकलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको र त्यसपछि सडकपेटी छेउमा सेतो सर्टमा रहेका युवकलाई प्रहरीले बुटले पटकपटक हानेको भिडियोमा देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले भने यो घटना गत पुस महिनाको भएको दाबी गरेको छ । कुटाइखाने व्यक्ति भरतपुरकै स्थानीयबासी रहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ७ : ०७ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त