२५ भदौ २०८३, बिहिबार | September 10, 2026

माओवादी केन्द्रको पालिका अधिवेशनको उदघाटन गर्न अध्यक्ष प्रचण्ड खजुरा आउँदै



खजुरा । माओवादी केन्द्रको खजुरा गाउँ पालिका स्तरिय अधिवेशनको उदघाटन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाँकेको खजुरा आउने भएका छन् । माओवादी केन्द्रको खजुरा गाउँपािलिका कमिटीले आज पत्रकार सम्मेलन गर्दै पालिका स्तरिय अधिवेशन सहित खबरदारी सभालाई सम्बोधन गर्न अध्उइा प्रचण्डा खजुरा आउने तय भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै माओवादीको खजुरा गाउँपालिका कमिटीका अध्यक्ष राजकुमार बिकले भ्रष्टाचार विरुद्धको खबरदारी सभा सहित सुशासन र समृद्धि अभियानमा माओवादीको नीति र कार्यक्रमबारे अध्यक्ष प्रचण्डबाट सम्बोधन हुने बताए । उनले प्रचण्डले खजुरा क्षेत्रबाट जनयुद्धमा शहिद भएका घरका परिवारसँग सँगै खाना खाने र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

बिकका अनुसार प्रचण्डले माघ १० गते स्थानीय जनता माबीमा अध्ययन गरिरहेकै अवस्थामा सहिद भएका बिद्यार्थी सहिदको स्मरणमा बिद्यालय परिषरमा निर्माण भएको सहिद बाटिकाको उदघाटन र सहिदहरुको सालिकमा माल्यार्पण गर्ने छन् । माओवादीले खजुरा बजारमा आयोजना गर्ने भ्रष्टाचार विरुद्धको खबरदारी सभालाई संबोधन र खजुरा गाउँपालिकाले निर्माण सम्पन्न गरेको सभाहलको समेत प्रचण्डले उदघाटन गर्नेछन् ।

सभालाई माओवादी लुम्बिनीका इन्चार्ज चक्रपाणी खनाल ‘बलदेव’, पूर्व मुख्यमन्त्री कुल प्रसाद केसी ‘सोनाम’, प्रदेश अध्यक्ष सुदर्शन बराललगायतले संबोधन गर्ने बिकले बताए ।

पत्रकारहरुको प्रश्नको जवाफ दिँदै पालिका कमिटीका अध्यक्ष बिकले माओवादी बिधान अनुसार समानुपातिक र समावेशी प्रतिनिधिहरुले स्वतन्त्र पूर्वक पालिका कमिटीको निर्वाचन गर्ने बताए । उनले वडास्तरबाटै प्रतिनिधिहरु चुनिएर पालिका अधिवेशनमा सहभागी हुने बिधानमा ब्यवस्था रहेको उनले स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रकी स्थायी समिति सदस्य पूर्ण कुमारी सुबेदी, केन्द्रीय सदस्य कृष्णा केसी ‘नमुना’, बाँके जिल्ला सचिवालय सदस्य एवं खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक ‘तुफान’ लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ८ : २८ बजे

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व शान्तिधाम लुम्बिनीको पहलमा विश्व शान्ति पूजा हुँदै

बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली,

अस्पताल बाहिर बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले राजविराज पठाइन् टोली

काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले अस्पताल